Loading...
Loading...
बालुवाटारको जग्गाबारे गम्भीरतापूर्वक छानविन गर्न डा. भट्टराईको सरकारलाई सुझाव
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं- पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बालुवाटारको जग्गाबारे गम्भीरतापूर्वक छानविन गरि भ्रष्टाचारको जरो उखुल्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् । 

सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले ललिता निवासको सार्वजनिक जग्गाका बारेमा गम्भीर ढंगले छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा विगत सरकारको नेतृत्व गरेका पूर्व प्रधानमन्त्रीहरुको पनि नाम जोडिएर आएको भन्दै उनले छानविनबाट दोषि देखिए आफू दण्ड भोग्न तयार रहेको बताए । 

उनले भने, ‘सार्वजनिक सम्पत्तिको दोहन, वाईडवडी प्रकरण, तारागाउँ, बुढीगण्डकी, बालुवाटारको ललिता निवासको सार्वजनिक जग्गाका विषयमा एक अर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि जरो कारण के हो त्यो ठ्म्याएर हल गर्न सकिएन भने त्यो पटक पटक बल्झिएर आउँछ ।’

सत्तारुढ दल प्रतिपक्षी दल सबै प्रति भ्रष्टाचारको औला उठेकाले एक अर्काको कोटमा बल फ्याकेर मात्रै समस्या समाधान नहुने भन्दै उनले ललिता निवास प्रकरणमा गलत निर्णय भयो भन्ने विषयलाई गम्भीरतापूर्वक छानबिन गरि भ्रष्टाचारको जरो उखेल्न आग्रह गरे । 

उनले भने, ‘व्यक्तिको नियत मात्र ठीक भएर हुँदो रहेनछ । यसको गम्भीरता पुर्वक छानविन गरियोस् । हाम्रो संस्थाहरु कति बेकम्मा रहेछन् ? गम्भीरतापुर्वक छानविन गरियोस् । यदि यसमा कसैको पनि नियतबस संलग्नता आउँदो रहेछ भने हामीले दण्ड दिनुपर्छ र म दण्ड स्वीकार्न तयार छु ।’

हालै टुँडिखेलमा नाङगो ढंगले अतिक्रमण गर्ने काम भएको भन्दै उनले समयमै सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउन तर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Vvqiix via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.