भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

सुनिल थापा, नेपाली फिल्म इन्डस्ट्रीको चिरपरिचित भिलेन। सायद तपाईलाई थाहा नहोला की सुनील थापाले आफ्नो करिअरको सुरुवात हिन्दी फिल्मबाट गरेका थिए। सन् १९८१ मा उनले ‘एक दुजे के लिए’ नामक हिन्दी फिल्ममा अभिनय गर्ने मौका पाए। त्यही वर्ष ‘मानव हत्या’ नामक अर्को हिन्दी फिल्ममा उनको भूमिका रह्यो। सन् १९८२ मा ‘आज कि आवाज’ मा अभिनय गरे। त्यही वर्ष उनको पहिलो नेपाली फिल्म ‘मसाल’ रिलिज भएको थियो।
२० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले नेपाली र हिन्दी बाहेक भोजपुरी फिल्ममा पनि अभिनय गरेका छन्। ‘सरकार राज’ उनको पहिलो भोजपुरी फिल्म हो जुन सन् २०१७ मा रिलिज भएको थियो।
नेपाली फिल्ममा उत्कृष्ट अभिनय गरेर २ पटक मोसन पिक्चर अवार्ड पाएका सुनीलले सन् २०१४ मा बलिउड फिल्म ‘मेरी कोम’मा ‘बेस्ट एक्टर इन सपोर्टिङ रोल’को लागि अवार्ड पनि पाए।
हालै उनले फेसबुकमा ३४ वर्ष पुरानो आफ्नो फोटो सार्वजनिक गरेका छन्। कालो सर्ट र सेतो पाइन्ट पहिरिएका उनी चुरोट तान्दै गरेका देखिन्छन्। हेर्नुस उनको तस्विरः
फिल्म भन्दा पहिले उनी मोडल थिए। उनको मोडलिङ करिअर सन् १९७४ मा सुरु भएको थियो त्यो बेलाको बम्बइबाट। सुनील थापा सन् १९५७ मा काठमाडौंमा जन्मेका थिए।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2V32TWn
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

