भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डाै – सत्तारुढ दल वरिष्ठ नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाउनुभएको छ ।
शनिबार काठमाण्डाैमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउदै गएको बताउनुभयो ।
उहाँले सरकारी कार्यालयका कर्मचारीहरु पूरा समय कार्यालयमा नहुने, पैसा बिना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गर्नुभयो । दण्डहीनताका कारण नै यस्ता अराजकता मौलाएको भन्दै उहाँले रोश प्रकट गर्नुभयो ।
अमुक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उहाँले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताउनुभयो ।
नेता नेपालले सरकारमा रहेकाहरुमा जनताको आवाज सुन्नेभन्दा पनि बोल्ने प्रवृत्ति मात्रै हावी भएको टिप्पणी गर्नुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Vevfbx via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

