भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बेल्डाँडी – मन्त्री विना मगरद्वारा बिनियोजित बजेटमा बनाउने भनिएको खानेपानीको टंकी निर्माण हुने सुर नदेखिए पछि कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडीमा स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छैनन् ।
खानेपानी ट्याङ्की निर्माणका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएका खानेपानी ट्याङ्की निर्माण नभई अलपत्र पारिएपछि स्थानीयले उक्त आयोजनाबाट पानी खान नपाएका हुन् ।
बजेटको सदुपयोगसमेत हुन सकेको छैन । खानेपानी मन्त्री मगरले गत आर्थिक बर्ष फ्रिज जान लागेको रकम हतार हतारमा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा खानेपानी ट्याङ्की, मोटर, फिल्टर र हेण्डपम्प, निर्माणका लागि विनियोजन गरेको रकम सदुपयोग हुन सकेको छैन ।
कामै पुरा नभइ फरफारक भइसकेको तर अहिले ८ महिना बित्दा समेत पिउने पानीको काम सुचारु भएका छैनन् ।
बेलडांडी क्षेत्रको विभिन्न ठाउँमा राखेका खानेपानी ट्याङ्की जिर्ण अवस्थामा रहेका छन् । कुनै ठाउँमा खानेपानी स्टेण्ड मात्र छ भने कुनै ठाउँमा केवल ट्याङकी मात्र छन् ।
कुनै ठाउँमा खानेपानीको नामोनिसान केहि पनि छैन । जनताका लागि यी ठाउँमा खानेपानीको व्यवस्था गरे जस्तो गरेर जनतालाई जिस्क्याउने काम मात्र भएको पाइएको छ ।
निर्वाचन क्षेत्रका जनतासंग गरिएका बाचा विभिन्न भए पनि अहिले भने जनताले कुनै विषयमा फोन गर्न खोज्दा फोन समेत उठाइँदैन ।
आफु जितेको ठाउँमा आउनु त कहाँ हो कहाँ जनताले फोन गर्दा फोन समेत नउठाउँदा त्यसै क्षेत्रका कार्यकर्ता, नेता र नागरिक खिन्न भएका छन् ।
चुनावको बेलामा कञ्चनपुर की चेली हुँ भन्दै जनतालाई फकाई फकाई मागेको भोटको सदुपयोग हुन नसकेको नेकपाका कार्यकर्ताहरुको भनाई रहेको छ ।
अधिकांश नेकपाका कार्यकर्ता मन्त्रीको यो हर्कतले दिक्काएका छन् । नाम नखोल्ने सर्तमा कार्यकर्ता भन्छन् “विना मगर भनेको राज परिवारकी सदस्य बराबरकी नारी हुन् उनलाई जनतासंग मतलव हुँदैन किनकी चुनावमा पैसा खर्च गरे पुग्छ भन्ने मान्यता बोकेकी छिन् ।”
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Es2DpS via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

