भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – कांग्रेस नेता गगन थापा इलाम पुग्का छन् । पञ्चायती शासन बिरुद्ध ज्यान आहुती दिएका ७ जना शहीदहरुको सम्झनामा नेपाल तरुण दलले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनको लागि इलाम पुगेका नेता थापालाई इ लाम कांग्रेसले भव्य स्वागत गरेको हो ।
खनालको घर नजिकै भएको सो फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नेता थापाले बर्तमान सरकार अलमलमा परेको आरोप लगाए । इलाम स्थित साँखेजुङमा नेपाल तरुणदल क्षेत्र नं ३ द्वारा आयोजित सातखाल्डे शहीद स्मृती फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दे दुईवटा पार्टी मिलेर बनेको सरकारका दुईथरी बिचार रहेको बताए ।
अहिलेको सरकारको नेतृत्त्वकर्ता दल नेकपाभित्र दुई बिचार भएकाले बाहिर मिलेजस्तो देखिएपनि भित्र उनीहरुबीच मिलन नरहेको उनको आरोप छ । फरक प्रसंगमा उनले सरकारका नेताहरु एकथरी अमेरिकाको बिरोध गर्ने र अर्को अमेरिकालाई फकाउने रणनीतिमा रहेको बताए । उनले अहिलेसम्म नेपाली जनताले पाएको उपलब्धिलाई कसरी जोगाउने भन्ने चुनौती अहिले कांग्रेसको काँधमा आएको भन्दै अब नेपाली जनताले आन्दोलन थेग्न नसक्ने बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GSLBmn via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

