भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – राष्ट्रियसभा बैठकमा बुधबार सांसदहरुले उठाएको प्रश्नको जवाफ गृहमन्त्री रामबहादुर थापा बादलले सरकार देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सफल भएको दावी गरेका छन् । मन्त्री थापाले ९५ प्रतिशत अपराधीलाई कानूनी कठघरामा ल्याएको बताए ।
‘अपराधीलाई कानूनी कठघरामा ल्याउन राज्य मूलभूत रुपमा सफल छ’ उनले भने ‘९५ प्रतिशत अपराधीलाई कानूनको कठघरामा ल्याएका छौं, कतिपय घटनामा अझ पनि सफल हुन सकेका छैनांैं । हामी त्यसमा प्रयासरत छौं ।’
मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा भने जति प्रयास गर्दा पनि अपराधी पत्ता लगाउन नसकेको स्वीकार गरे । ‘यस घटनामा अपराधीलाई जसरी शीघ्रताको साथमा कानूनको कठघरामा ल्याउनुपर्थ्यो त्यसमा सफल भएका छैनौं’ उनले भने ‘तर प्रयासलाई निरन्तरता दिएका छौं, हामीलाई विश्वास छ अपराधी कानूनी कठघरामा आउनेछन् ।’
घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने प्रहरी अधिकारीलाई प्रमाण लोप गराएको आरोपमा फौजदारी कारबाही अगाडि बढाउन सांसदहरुले माग गरेका थिए ।
जवाफमा मन्त्री थापाले उनीहरुमाथि अनुसन्धान भइरहेको भन्दै आवश्यक देखिएमा फौजदारी मुद्दा चलाउने पनि बताए । ‘छानबिन आयोग र समितिको रिपोर्ट अनुसार कारबाही गरिएको हो, उनीहरुमाथि अनुसन्धान जारी छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tx8AM2 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

