भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

रुकुम – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संघीयतालाई कार्यान्वयन गर्नको लागि स्थानीय तहलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्थानीय तह बलियो भए मात्र संघीयता बलियो हुने उनको भनाई थियो। बुधबार रुकुम (पश्चिम) को मुसिकोट खलंगामा नयाँ शक्ति पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले देशमा राजनीतिक परिवर्तन भएपनि अब आर्थिक परिवर्तनको आवश्यकता रहेको बताए।
वर्तमान सरकार आर्थिक विकास गरि देशलाई समृद्ध बनाउने बाटोमा नगएकाले नागरिकमा निरासा पैदा भएको उनको भनाई छ। ‘राजनीतिक स्थितरता भएको यो अवस्थामा सरकार आर्थिक विकास र समृद्धिको एजेन्डा सहित अघि बढ्नुपर्ने बेला थियो,’ पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने, ‘वर्तमान सरकारको एक वर्षे कार्यकाल हेर्दा सकरात्मक सूचाङ्क देखिएको छैन्, भ्रष्टचारी र अपराधिलाई संरक्षण गर्ने काम गरेको छ।’ वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा साना साना कुरामा पनि चुकेको उनले टिप्पणी गरे।
‘दुई तिहाईका मत प्राप्त सरकारबाट नागरिकले निकै ठूलो आशा गरेका थिए, हामीहरुले पनि राम्रो गरोस् भन्ने चाहेको थियौं,’ उनले भने, ‘तर एक वर्षको अववधिमा सन्तोषजनक काम गरेको छैन , सरकारको अहिलेको कामबाट कोहि पनि सन्तुष्टि हुने ठाउँ छैन्।’
नेपालमा राजनीतिमा भ्रष्टीकरण बढ्दै गएकाले विकास र समृद्धिलाई नचिन्दा जनताले दुःख पाइरहने अवस्था कायमै रहेको उनको भनाई थियो। राजनीतिक परिवर्तनले मात्रै जनताको जीवन स्तर नफेरिने रहेछ भएकाले अब आर्थिक विकास तथा समृद्धिका लागि नेताहरूले राजनीतिक पार्टी भन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्नुपर्ने उनको जोड थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IqTwtH via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

