भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो पटक पनि अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आउँदाे सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका सांसदहरुले पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्न लागेको भन्दै सोमबार बोलाइएको दोस्रो बैठक पनि अवरुद्ध पारेपछि राष्ट्रियसभाको बैठक आगामी सोमबार १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
कांग्रेस सांसदहरुले आ–आफ्नो ठाउँमा उभिएर अवरुद्ध पारेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो बैठक आधा घण्टाका लागि स्थगित गर्नु भएको थियो । तर आधाघण्टा पछि सुरु भएको दोस्रो बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरुले फेरि उभिएर बैठक अवरुद्ध पारेका थिए ।
उनीहरुले बैठकको कारबाही अघि बढाउन बसेर सहयोग गरिदिन पटकपटक आफूले गरेको आग्रह गरेपनि बेवास्ता गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचि हटाउनु भएको थियो ।
सोमबार राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ‘जेष्ठ नागरिकसम्बन्धि (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यसूचि तय गरिएको थियो ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल गर्ने तथा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यसूचि तय गरिएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FFII8K via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

