Loading...
Loading...
पार्टी एकतामा साना कुरालाई बिर्सनुपर्छ’, नेता नेपाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नुवाकोट  पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्वका कारण पार्टी एकतामा ढिलाई भएको बताएका छन्। आइतबार नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले पार्टीको नेतृत्वकै कारण एकतामा ढिलाई भएको बताएका हुन्।  

‘अहिलेसम्म  केन्द्र, प्रदेश, जिल्ला, नगर तथा गाउँदेखि वडा तहसम्म एउटै दल बन्ने बेला भइसक्यो’, नेता नेपालले भने, ‘नेतृत्वले बिलम्व गर्दा विभिन्न तह तथा कमिटी एकता हुन सकेको छैन ।’

नेता नेपालले कम्युनिस्ट पार्टी एकतामा सानातिना विषयमा अल्झनु नहुने बताए।  उनले आफ्नालाई काखा र अरुलाई पाखा गर्ने शैलीले पार्टी बलियो नहुनेसमेत बताए।  

‘पार्टी एकतामा सानातिना अल्झनु हुँदैन।  एकतामा साना कुरालाई बिर्सनुपर्छ’, नेता नेपालले भने, ‘मन परेकालाई भर्ना गर्ने र मन नपरेकालाई पाखा लगाउने परिपाटीले पार्टी बलियो हुँदैन।’

त्यसैगरी नेता नेपालले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई सरकारले कारबाही गर्नुपर्ने बताए। ‘जोसुकै भएपनि निर्मला पन्तका हत्यारालाई सरकारले पहिचान गरेर कारबाही गर्नुपर्छ’, नेता नेपालले भने।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B8eHKW via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.