भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

ओखलढुंगा –ओखलढुंगाका तीन स्थानीय तहमा भूकम्प पीडितहरुका लागि एकिकृत नमुना बस्ती निर्माण प्रकृया सुरु भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा चम्पादेवीको विलन्दु, मोलुङको प्राप्चा र चिसंखुगढीको माम्खामा एकिकृत बस्ती निर्माण प्रकृया सुरु गरिएको हो।
भूकम्प पछिको पहिरोका कारण घर र घडेरी गुमाएका पीडितका लागि जनही २ लाखका दरले जग्गा खरिद गरेर आवास निर्माणको काम थालिएको छ। यसरी घर र जग्गा गुमाएका पीडितलाई एकिकृत बस्तीमा समावेश हुन चाहेमा एकमुष्ट जग्गा खरिद गरेर पास गर्ने र बस्तीको पूर्वाधारका लागि प्रति परिवारका लागि ४ लाखका दरले शौचालय, खानेपानी सडक विजुली आदि निर्माण गरिने भएको हो।
यस्तो सुविधा लिन चम्पादेवी–९ को विलन्दुका २३, मोलुङ–३ स्थित प्राप्चाका १५ र चिसंखुगढीका १५ परिवारका लागि जग्गा खरिद भइसकेको पुनःनिर्माणमा सहजिकरण गर्दै आएको आत्मनिर्भर सेवा केन्द्रको दिगो समाधानका संयोजक भोला बस्नेतले बताए। उनका अनुसार एकिकृत वस्तीमा नआउनेका लागि समेत दुई लाख बराबरको जग्गा खरिद गरेर घर निर्माणका लागि सहयोग गर्ने सरकारी नीति रहेको छ।
घर बनाउने जग्गा समेत नभएका पीडितहरु जोखिमपूर्ण जग्गामा अस्थायी टहरामा बस्दै आएका छन्। चिसंखुगढीको माम्खाका १५ परिवारका लागि सोही ठाउँकी सुनिता राईले १० रोपनी ७ आना जग्गा घडेरीका लागि न्यूनतम शुल्कमा उपलब्ध गराएकी छन््।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TguAWH via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

