Loading...
Loading...
प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपतिका लागि हेलिप्याड बनाउने प्रक्रिया सुरु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । सहरी विकास मन्त्रालयले महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपतिका लागि हेलिप्याड बनाउने प्रक्रिया सुरु गरेको छ । हेलिप्याड बनाउन आवश्यक सहयोग एवं समन्वयको आग्रह गर्दै प्रतिष्ठानलाई पत्र लेखेको छ ।

पहिलो चरणमा विस्तारित क्षेत्रको टोपोग्राफिक सर्भे गर्ने, त्यहाँ रहेका संरचनाको विवरण तयार तथा हेलिप्याड बनाउने स्थल पहिचान गरी डिजाइन गर्ने काममा सघाउन आग्रह गरेको हो । राष्ट्रपतिको कार्यालय र गृह मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा भनिएको छ, ‘परामर्शदाता कम्पनीलाई तोकिएका कार्य गर्न आवश्यक समन्वय एवं सहयोग गरिदिनू ।’

राष्ट्रपति कार्यालय तथा निवास क्षेत्र विस्तार गरी हेलिप्याड, नेपाल भ्रमणमा आउने विदेशी राष्ट्राध्यक्षका लागि राजकीय अतिथि गृह, स्टेट ब्यांकेट, विदेशी राष्ट्राध्यक्षलाई राष्ट्रपतिले स्वागत र बिदाइ गर्ने भवन, गारथ ग्रहणस्थल र राष्ट्रपतिको सुरक्षार्थ खटिने सेनाको ब्यारेकलगायत संरचना निर्माण गर्न सरकारले तयारी थालेको हो । मन्त्रालयले नयाँ बानेश्वरको कम्पास इन्जिनियरिङ कन्सल्टलाई निर्माण कार्यको परामर्शदाता तोकिसकेको छ ।

जेठ ९ गते सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेर राष्ट्रपति कार्यालय सार्ने वा विस्तार गर्ने विषयमा अध्ययन गराएको थियो । सोही समितिको सिफारिसका आधारमा प्रहरी एकेडेमी सारेर राष्ट्रपति कार्यालय विस्तार गर्ने काम सुरु गरिएको हो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2S3LYgM via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.