Loading...
Loading...
अस्पतालबाट केपी ओलीको सन्देश : ‘म अस्पतालबाट छिट्टै फर्कन्छु र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय हुन्छु’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै अस्पतालबाट फर्किने बताएका छन्।

मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्— चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाईं हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु।

प्रधानमन्त्रीले खास घटना उल्लेख नगरी त्यस्ता घटनाप्रति म सवेदनशील छु। ‘धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैनन’, सन्देशमा भनिएको छ, ‘यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुन बमोजिम कारबाही गर्छ।’

उनले शान्ति सुव्यवस्था भंग गर्ने आपराधिका कार्यबाट समृद्धिको महाअभियानमा विथोलिने र विकासको मार्ग भत्किने बताएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा भएका आधारहीन प्रचारप्रति पनि आफूलाई जानकारी भएको बताएका छन्। ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाको बारेमा आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ’, अगाडि भनिएको छ, ‘यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु।’



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ACl2yq via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.