Loading...
Loading...
सत्तारुढ दलका सांसदले शिक्षा, स्वास्थ्य र आवासको ग्यारेन्टी भए जनताले ५० प्रतिशतसम्म कर तिर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । स्थानीय सरकारले अत्यधिक कर लिएको विषयमा राष्ट्रिय रुपमै चर्चा भइरहेका बेला सत्तारुढ दलका सांसदले शिक्षा, स्वास्थ्य र आवासको ग्यारेन्टी भए जनताले ५० प्रतिशतसम्म कर तिर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयकमाथि छलफल गर्दै सांसद पदम गिरीले सन्तानको शिक्षा, स्वास्थ्य र आवासको चिन्ता गर्नु नपर्ने हो भने नागरिकले ५० प्रतिशतसम्म कर तिर्नसक्ने बताएका हुन् ।

सांसद सुजिता शाक्यले निशुल्क स्वास्थ्य उपचारको व्यवस्था कार्यान्वयन हुने प्रष्ट आधार विधेयकमा नदेखिएको टिप्पणी गरिन् । उनले नेपालले उत्पादन गर्न सक्ने औषधीसमेत उत्पादन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

सांसद कृष्णभक्त पोखरेलले नेपालमा सम्भव भएसम्म नेपालमै उपचार गर्नुपर्ने व्यवस्था विधेयकमा थप गर्नुपर्ने बताए । नेपालमै सम्भव भएसम्म उपचारको व्यवस्था गर्ने तर कोही स्वेच्छाले विदेश उपचार गर्न गएमा सरकारले खर्च नबहोर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

सांसद शेरबहादुर तामाङले जनसंख्या अनुसार डाक्टर उत्पादन र उपलब्ध गराउनेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए । ‘पर्याप्त डाक्टर चाहिन्छ भन्छौं, तर कलेज खोल्दैनौं भन्छौं’ उनले भने, ‘त्यो विषयमा प्रसंगवश कुरा राख्ने क्रममा मैले मन्त्री पदबाट समेत राजीनामा दिनुपर्ने अवस्था आयो ।

सांसदहरु गगन थापा, प्रेम सुवाल, आशाकुमारी विक, नवराज सिलवाल, लक्ष्मी परियारलगायतले मौलिक हकको धारा ४५ मा उल्लेख भए बमोजिम जनस्वास्थ्य विधेयक आएको भन्दै स्वागत गरेका छन् । तर विधेयकले गुणस्तरीय जनस्वास्थ्य सेवाका कतिपय विषय छुटाएको भन्दै संशोधन गर्नुपर्नेमा जोड दिए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2w2dpOX via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.