भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपाललाई विश्वमा चिनाउने प्रतिभालाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले विश्वको सबैभन्दा लामो वक्तव्य राख्न आयोजित ‘सहयोग तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले नेपालको नाम विश्वमा चिनाउने प्रतिभालाई राज्यस्तरबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र– १ का सांसद हितबहादुर तामाङले केसीको क्षमता र प्रतिभालाई विश्वमाझ चिनाउने सुनौलो अवसर भएको बताउनुभयो ।
नुवाकोट क्षेत्र नं २ का सांसद नारायण खतिवडाले केसीको अभियानले नुवाकोट मात्र नभएर सिङ्गो मुलुकको नाम रहने भन्दै केसीलाई सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले निरन्तर योग साधनामार्फत नयाँ कामको थालनी गरेर नेपाललाई विश्वसामु चिनाउन लागेको भन्दै शुभकामना दिनुभयो । काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले नेपाललाई विश्वमा चिनाउने अभियान सबै जिम्मा भएको बताउनुभयो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले अभियान सफल बनाउनका लागि आफ्नो गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरीसकेका केसी एक आध्यामिक साधक हुनुहुन्छ । केसीले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पुरा गरीसक्नुभएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BImDW1 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

