भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । एम्नेष्टी इन्टरनेशनलले नेपालमा दण्डहिनताको अवस्था विगतमा भन्दा पनि भयावहरुपमा बढेको बताएको छ । एम्नेष्टी इन्टरनेशनलले सरकारले मानवअधिकार हनन्का घटनामा जवाफदेहिता तथा न्याय, सत्य र परिपुरणमा पीडितको अधिकारलाई बेवास्ता गरेको ठहर गरेको हो । एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुपको शनिबार आयोजित कार्यक्रममा संसदीय,न्याय तथा कानुन मन्त्री शेर बहादुर तामाङ , एम्नेष्टी इन्टरनेशनलले नेपालको केन्द्रीय अध्यक्ष राजन कुइकेल ,पूर्व अध्यक्ष सुर्य बहादुर अधिकारी ,मानब अधिकार परिषद नेपालका अध्यक्ष तुलसी थापा ,शिक्षाविद भवानी पौडेल ,रामहरी श्रेष्ठ,मदन खरेल र मिडिया ग्रुपका सम्पुर्ण सदस्य लगाएतको उपस्थिति रहेको थियो ।
एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुपको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मन्त्री शेर बहादुर तामाङले भन्नुभयो गम्भीर प्रकारका मानवअधिकार हनन्का घटनामा क्षमादानको सिफारिस गर्न सक्ने गरी सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरिनु निकै चिन्ताजनक भएको बताएको छ । अबको संविधानले यस्तो कानुन बनाउदै छ जसले कुनै पनि अपराधी उम्कन नपायोस भनेर हामीले खाका तयार गर्दै छौ । यसमा एम्नेष्टी इन्टरनेशनलको ठुलो साथ चाहिने समेत बताउनुभयो ।
मन्त्री तामाङले आक्रोशित हुदै अपराधिको कुनै धर्म, जात, दल, लिङ्ग हुँदैन र अपराधिलाई जस्ले संरक्षण, समर्थन गर्दछ उ पनि अपराधि नै हुन्छ त्यसैले जोसुकै भएपनि अपराधिलाई सजाय दिनै पर्छ यसकालागि हामी सबैले सम्बन्धित निकायलाई सहयोग गर्नुपर्दछ । तामाङले अब हामी दण्डहीनता सहँदैनौँ भनेर देखाउन ती हत्याका दोषीलाई न्यायको कठघरामा उभ्याउन दबाब दिन जरुरी रहेको समेत बताउनुभयो ।
एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष राजन कुइँकेलले मानवबेचविखन, लैंगिक हिंसा, यातना एवं दुर्व्यवहार लगायतका घटनामा अनुसन्धान गर्न र अदालतले दिएका आदेशको पालना गर्न सरकार असफल भएको उल्लेख गर्नुभयो । कुइँकेलले एम्नेष्टीले गम्भीर प्रकारका मानवअधिकार हनन्का घटनामा क्षमादानको सिफारिस गर्न सक्ने गरी सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरिनु निकै चिन्ताजनक भएको बताएको छ । मानब अधिकार परिषद नेपालका अध्यक्ष तुलसी थापाले अहिले पनि अभियोजनपूर्वको थुनाका क्रममा साविती बयान गराउन र सम्बन्धित व्यक्तिलाई त्रासको दवावमा राख्न प्रहरीले पुरुष, महिला र बालबालिका उपर यातना र दुर्व्यवहार गर्ने क्रम निरन्तरता पाएको तथा लंैगिक, जातीय, वर्गिय र सांस्कृतिक विभेद पनि कायमै रहेको बताएको छ । एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष सूर्यबहादुर अधिकारीले आयोगहरु हिजोको अभ्यास हेर्दा पिडितको पक्षमा भन्दा पिडकको पक्षमा रहेकाले परिवर्तित हुन आग्रह गरे ।
कार्यक्रममा भवानी प्रसाद पौडेलले भन्नुभयो जनयुद्वकालमा मानव अधिकारको ब्यपक उल्लङ्घन गरेर हजारौ नागरिको हत्या,वेपत्ता र घाइते बनाइएको थियो । मारिएकालाई सहिद घोषणा तथा बेपत्ताहरुको तत्काल छानबिन गर्न सरकारसंग माग गरेका छन् । जनयुद्धपछि शान्ति प्रकया भएको लामो समय भइसक्दा पनि मृतक र बेपत्ताहरुबारे सरकार र सम्बन्धित निकाय मौन रहेको आरोप लगाएका छन् ।
एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुपका संयोजक मुकुन्द ढुंगानाले सत्य निरूपण तथा मेलमिलाप आयोगले पीडितहरूबाट आएका उजुरीमाथि छानबिन गर्न ढिलाई गर्न नहुने र पिडितलाई छिटो भन्दा छिटो न्याय दिन कानुन मन्त्री र नेपाल सरकार तयार हुनुपर्ने बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2I3YBmj via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

