भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा लागेका छन्। ओली आगामी चैत २३ गते पहिलो विदेश भ्रमणका क्रममा भारत जाने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए।
शनिबार माओवादी केन्द्रनिकट पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले चैत २३ गतेदेखि प्रधानमन्त्रीको भारत भ्रमण हुने बताए। भ्रमण २ देखि ४ दिनसम्मको हुनसक्ने उनको भनाई छ।
मन्त्री पुनले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि पार्टी एकता हुने समेत स्पष्ट पारे। आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको उनको भनाई छ। ‘यही चैत २३ गते हुने प्रधानमन्त्रीको भारत भ्रमण अगावै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने गरी काम भइरहेको छ’, उनले भने।
संविधान जारी भई कार्यान्वयनको प्रक्रियामा रहेको अवस्थामा वाम गठबन्धनबीचको पार्टी एकतासँगै मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढ्ने उनले बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2G2AzvF via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

