भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । घर खोज्दै हिँडेका सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा बालकोटस्थित प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घर अगाडि पुगे ।
मन्त्री क्वार्टरमा ठाउँ खाली नभएपछि घर खोज्दै हिँडेका बास्कोटा रामनवमीकै साइतमा ओली निवासमा सरे ।
अब ओली सरकारका सञ्चार राज्यमन्त्रीलाई भेट्नुपर्यो भने अब बालकोटस्थित ओली निवास जानुपर्नेछ । प्रधानमन्त्री ओलीको परिवार सरकारी निवास बालुवाटार सरेपछि यो घर खाली थियो, जहाँ अब सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटाले डेरा जमाएका छन् ।
ओलीको घरमा बस्न थालेको पुष्टि गर्दै राज्यमन्त्री बास्कोटाले भने, ‘घर खोज्दै जाँदा आफ्नै अध्यक्ष तथा प्रधानमन्त्रीको घर फेला पर्यो, आजदेखि म उहाँकै घरमा बस्न थालेको छु । प्रधानमन्त्रीज्यूको सरकारी सम्पत्ति सदुपयोगको सिद्धान्त मैले नै लागू गरेँ ।’
प्रधानमन्त्री ओलीले सरकारी खर्च कटौतिको सिद्धान्त अघि सारेर त्यसको शुरुवात आफ्नै सचिवालयमा ब्यापक कटौतीबाट थालेका छन् । त्यस्तै सरकारको खर्चमा विदेश भ्रमणमा रोक लगाएका छन् ।
बास्कोटाले ओलीको बालकोटस्थित घरमा बसुन्जेल मन्त्रीले आवास वापत पाउने भाडा रकमसमेत नलिने बताए । उनले भने, ‘प्रधानमन्त्रीले मसँग घर भाडा लिनुहुन्न, म पनि सरकारी कोषबाट घरभाडा लिन्न । सदुपयोगको सिद्धान्त यहीँबाट लागू हुन्छ ।’
प्रधानमन्त्रीले आफ्नो क्याबिनेटका मन्त्रीलाई आवासका लागि आफ्नै घर उपलव्ध गराएको यो पहिलो घटना हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2G8u6va via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

