भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना मंसिर २१ पछि मात्रै हुने भएपछि मतपेटिका सुरक्षा अहिले सर्वाधिक चासोको विषय बनेको छ। मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको छ।
पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना सुरक्षाका लागि खटिने गरी मतपेटिकाको सुरक्षा प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।
दुई चरणको निर्वाचन कार्यतालिका अनुसार १० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ क्षेत्रमा तथा प्रदेशसभाका ७४ क्षेत्रमा पहिलो चरणको निर्वाचन भएको थियो ।
पहिलो चरणमा मतदान भएका विकट पहाडी तथा हिमाली क्षेत्रको मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएर आयोगले अहिले जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका सुरक्षाका लागि बन्द कोठामा राख्ने र सिल गर्ने काम सुरु गरेको छ ।
यसरी मतपेटिका राखी कोठामा सिलबन्दी गरियो
सबै बुथबाट जिल्ला निर्वाचन कार्यालयमा जम्मा भएका मतपेटिका निर्वाचन अधिकृतले अहिले दलका उम्मेदवार, प्रतिनिधिहरूको रोहबरमा सुरक्षित कोठामा राखेर सिलबन्दी गरिरहेका छन् ।
यस्तो छ कानुनी व्यवस्था
मतपेटिका सुरक्षाका लागि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निर्देशिका -२०७४ मा कानुनी व्यवस्था गरिएको छ । आयोगले सोही निर्देशिकाको अधिनभित्र रहेर अहिले मतपेटिका सुरक्षाको व्यवस्था मिलाइएको आयोगले बताएको छ ।
प्रवक्ता ढकालले भने, ‘मतपेटिकाको सुरक्षाका लागि निर्वाचनसँग सम्बन्धित छुट्टै ऐन, नियमावलीको व्यवस्था छ, त्यही आधारमा मतपेटिकाका सुरक्षा व्यवस्था मिलाइएको छ ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2k8Yi32 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

