Loading...
Loading...
देशभक्त नागरिकको रोजाइ वाम प्रगतिशील गठबन्ध : अध्यक्ष ढकाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौं । नेपाल परिवार दलका अध्यक्ष एव बाम प्रगतिशिल गठबन्धनका नेता एकनाथ ढकालले देशभक्त नागरिकको रोजाइ वाम गठबन्ध नै भएको बताएका छन् । दलको कार्यालयमा बुधबार केन्द्रीय निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले भने ‘जनताले भरपर्दो राजनैतिक शक्तिको खोजी गरेकाले वाम गठबन्धन निर्माण भएको हो ।’ नेता ढकालले वाम गठबन्धन भित्र जोस, जाँगर र दुरदृस्टी रहेको भन्दै अल्छि राजनैतिक दलहरुको पछाडी जनता नलाग्ने जिकिर गर्नु भयो । ढकालले जनताको बिश्वशनिय शक्ति वाम प्रगतिशील गठबन्धन नै भैसकेकोले तत्काल अब कुनै बैकल्पिक शक्तिको औचित्यता नरहेको स्पष्ट पार्नु भयो । ढकालले भन्नु भयो ‘देशभरिको जनलहरले वाम गठबन्धनको नैतिक बिजय भैसक्यो अब प्राबिधिक बिजय निर्बाचन पछि हुन्छ’ । यही गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकमा स्थायित्व र आर्थिक संमृद्धि ल्याउने ढकालले स्पष्ट पारे । पूर्वमन्त्री समेत रहेका ढकालले वाम प्रगतिशील गठबन्धन निर्माण पश्चात् पश्चागामी, यथास्थितिबादी, भ्रष्ट र अतिवादीबाहेक अन्य सम्पूर्ण अग्रगामी देशभक्त नागरिक खुशी भएको तर्क गरे । उनले परिवार दलले अन्य सबै पक्षसँग समन्वयकारी भूमिका खेल्ने भन्दै मूलय मान्यताको राजनैतिक संस्कारको विकास गर्नमा जोड दिए । अध्यक्ष ढकालले सबल राष्ट्रियता, संविधानको कार्यान्वयन, आर्थिक विकास, दिगो शान्ति, लोकतन्त्रको सुदृढीकरण तथा नैतिकवान् समाज सृजना गर्न परिवार दल सक्रिय रहेको बताए । दलका केन्द्रीय सदस्य एवम् काठमाण्डौ जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा दलका महामन्त्री बिनोद डाँगी, कोषाध्यक्ष एव पूर्व सांसद मिलन कुमारी राजबंशी , प्रदेश न. ३ का संयोजक गणेश कुमार श्रेष्ठ, प्रदेश ६ का संयोजक रुपसिह भण्डारी अतिउत्तम सहकारी संस्थाकि अध्यक्ष मनिता पुन, हिमालयन फेमिली एडभेन्चरका संचालक नबराज ढकाल लगायतले बलियो तथा स्थीर सरकार निर्माण गरी देशलाई आर्थिक समृद्धिमा लैजानको लागि बाम प्रगतिशिल गठबन्धनलाई नै बिजयी गराउन पर्ने तर्क प्रस्तुत गर्नु भयो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Akuhnk via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.