Loading...
Loading...
काठमाडौं ५ मा पोखरेल र महतबीच कडा प्रतिस्पर्धा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री  प्रकाशशरण महतबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

यस क्षेत्रमा विभिन्न दल र तीन स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि कुल २० जनाले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस नेता  महतलाई लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूको समर्थन छ भने एमाले महासचिव पोखरेल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हुन्।

दुवै उम्मेदवारले यस क्षेत्रका विकास निर्माणका मुद्दालाई प्राथमिकतामा राखेर चुनाव प्रचार र घरदैलो अभियानलाई तीव्रता दिनाका साथै मतदातालाई आकर्षित गरिरहेका छन्। पोखरेल यस क्षेत्रबाट तेस्रोपटक उम्मेदवार भएका हुन् भने महत यस क्षेत्रमा पहिलोपटक निर्वाचनमा भिड्दै छन्।

महासचिव पोखरेल यसअघि २०६४ र २०७० सालका दुवै संविधानसभाको निर्वाचनमा कांग्रेस नेता नरहरि आचार्यसँग पराजित भएका थिए। यस क्षेत्रमा अन्य उम्मेदवार पनि चुनावी प्रचारप्रसारमा व्यस्त रहे पनि बढी चर्चा भने महत र पोखरेलको नै छ।

महासचिव पोखरेल यस क्षेत्रमा दुईपटक पराजय भोगिसकेकाले योपटक कांग्रेस किल्ला भत्काएर निर्वाचन जित्ने रणनीतिमा लागेका छन्।  उता  महतले कांग्रेसले दुईपटक सहजै विजय हासिल गरेको भन्दै यस क्षेत्रमा आगामी निर्वाचनमा पनि कांग्रेसले नै जित्ने आँकलन गरेर नै काठमाडौं क्षेत्र नं ५ रोजेका हुन्।

प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा उम्मेदवारी दिएका अन्य उम्मेदवारहरू विवेकशील साझा पार्टीका उज्ज्वलबहादुर थापा, नेकपा (माले) का दीपक पुनमगर, संघीय समाजवादी फोरमका लक्ष्मी राई, राष्ट्रिय जनता पार्टी नेपालका भानुकुमार खड्कालगायत २० जना पनि चुनावी मैदानमा छन्।

विसं २०३५ देखि काठमाडौं–३ बाँसबारीमा बसोबास गर्दै आएका कांग्रेस नेता महतले यस क्षेत्रभित्रका नगरहरूलाई व्यवस्थित र सुन्दर सहरका रूपमा विकास गर्न सडक निर्माण, स्तरोन्नति, खानेपानी, ढल तथा फोहर व्यवस्थापन, सार्वजनिक शौचालय, व्यवस्थित प्रतिक्षालय, पार्किङस्थल र बजारको व्यवस्थित विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनी भन्छन्, ‘टोखा नगरको ऐतिहासिक, पौराणिक एवं सांस्कृतिक धरोहरलाई संरक्षण गरी स्तरोन्नति गर्ने, शिवपुरी राष्ट्रिय निकुञ्ज आसपासका बस्तीलाई स्थानीय पर्यटनस्थलका रूपमा व्यवस्थित गर्न मेरो प्रयास जारी रहनेछ।’

नेता महतले यस क्षेत्रमा अवस्थित बूढानीकण्ठमा अवस्थित पौराणिक, ऐतिहासिक र धार्मिकस्थलको बृहत्तर र सुव्यवस्थित विकास तथा रानीवन क्षेत्रलाई संरक्षण गरी व्यवस्थित नमूना पार्क निर्माण गरी समुदायको हितमा प्रयोगमा ल्याउने योजना अघि सारेका छन्।

यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरू २, ३, ४ र ५ तथा टोखा नगरपालिकाका वडाहरू २, ३, ४, ५, ६ र ७ पर्छन् । त्यस्तै बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ पनि यस क्षेत्रअन्तर्गत पर्छन्।

महासचिव पोखरेलले यस क्षेत्रलाई देशकै ‘अस्पताल हब’ बनाउन स्थानीय जननिर्वाचित संस्था, प्रदेश सरकार र केन्द्रीय सरकारलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ ‘स्वरसम्राट नारायण गोपाल प्रतिष्ठान’ अन्तर्गत अडोटोरियम हल निर्माण, इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिने उल्लेख गरेका छन्।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका  उनी  भन्छन्, ‘राजधानीसँग जोडिएको शिवपुरी राष्ट्रिय निकुञ्जलाई केन्द्रीत गरी पर्यावरणीय पर्यटन, साइक्लिङ जोनको प्रवर्द्धन, भ्यू टावर निर्माणमा जोड दिनेछु। महिला गरीब तथा विपन्न समुदाय र बेरोजगार युवालाई लक्षित गरी रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरेर अघि बढ्न प्रोत्साहित गर्नेछु।’

काठमाडौंलगायत ४५ जिल्लामा यही मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन दोस्रो चरणमा हुँदैछ।

निर्वाचन जित्न पोखरेललाई वाम गठबन्धनका र  महतलाई लोकतान्त्रिक गठबन्धनका सबै मत तान्नैपर्ने चुनौती देखिन्छ। निर्वाचनमा कसले बाजी मार्ला भनेर हेर्न भने मंसिर २१ को निर्वाचन र मतपरिणाम कुर्नैपर्छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ibAevV via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.