नेपाली काँग्रेसका नेता डा. रामशरण महतको गाडी एम्बुसमा,एकको अवस्था गम्भीर
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ । नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडी एम्बुसमा परेको छ । नुवाकोट दुई नम्बर क्षेत्रका उम्मेद्वार महत चढेको गाडीमा आक्रमण हुँदा उहाँ सकुसल रहे पनि उहाँका तीन कार्यकर्ता घाईते भएका छन् । मत माग्न जाने क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर सातमा महतमाथि आक्रमण भएको हो ।
ककनी–५, काउलेथामा बम विष्फोट भएको हो । ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा महतका प्रचार टोलीका सदस्य उपेन्द्र मिश्र सख्त घाइते भएका छन् भने अन्य ४ जना सामान्य घाइते भएका छन । बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको बताइएको छ । घाईतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइदैछ । घटना बारे थप जानकारी आउन बाँकी रहेको छ ।
महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hDJjNK via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

