भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका युवा नेता तथा क्षेत्र नम्बर १(ख) बाट प्रदेशसभा उम्मेद्वार रमेश कुमार महतले जति नै सांघातिक हमला गरेपनि जनमतमा हमला कसैले गर्न नसक्ने बताएका छन ।
शुक्रबार निर्वाचन प्रचारप्रसारको क्रममा नुवाकोटको ककनी गाँउपालिकामा उनी सवार गाडी लक्षित गर्दै बम प्रहार भएपछि यस्तो प्रतिक्रिया दिएका हुन । शान्तिपूर्ण रुपमा निर्वाचनको प्रचारप्रसार गर्ने अधिकारमाथी हमलागर्दै संघातिक आक्रमण गर्नु जंगली प्रवृतीको उपज भएको नेता महतको प्रतिक्रिया छ ।
महतले भने घटना भएको यतिका समयसम्म कसैले जिम्म नलिनुले बाम गठबन्धनप्रति शंका गर्ने आधार देखा परेको बताएका छन । ०७० सालको चुनाब प्रचारप्रसारको क्रममा गाँउखर्कमा भएको आक्रमण प्रयासको स्मरणगर्दै नेता महतले भने “हिजो आक्रमण गर्न खोज्नेहरु आजपनि लुकिछिपी लागेनन् त कसरी भन्नु” । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउदै दोषीलाई कारबाहीको दायरामा सरकार सँग माग गरे ।
ककनी गाउपालिका वडा नं. ५ को सिकारीचौरमा वा १६ च ६६५ नम्बरको गाडि माथि गराईएको एम्बुस विस्फोटमा परि ५ जना घाइते भएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zQBV6a via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

