Loading...
Loading...
प्रचण्ड र विक्रम पाण्डेको इलाकामा कसको प्रभाव बढी ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

चितवन । चितवन क्षेत्र नं ३ वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसको समर्थनमा राप्रपा ( प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेको उम्मेदवारीले चर्चामा छ ।

यो क्षेत्रबाट कांग्रेसको सर्मथनमा मा होमिएका छन् । पाण्डे र दाहालको उम्मेदवारीलाई राष्ट्रियरुपमा नै सबैभन्दा बढी चासोका साथ हेरिएको छ ।

पाण्डेले साविक चितवनको निर्वाचन क्षेत्र नं ५ बाट विजयी भएका थिए । साविक क्षेत्र नं ४ र ५ अहिले क्षेत्र नं ३ मा परेका छन् । क्षेत्र नं ४ कांग्रेसले जितेको थियो ।

पाण्डेलाई कमल थापाको राप्रपाले पनि सर्मथन गरेको छ । माडी नगरपालिका र भरतपुर महानगरको जगतपुर, मेघौली, शुक्रनगर लगायतका क्षेत्रमा पाण्डेको प्रभाव रहेको बताइन्छ । क्षेत्र नं ३ मा नै पर्ने वडा नं ६,१४,१५,१७,१८,१९,२० मा कांग्रेसको प्रभाव छ । माओवादीको प्रभाव माडी र महानगरको वडा नं १३, २५, २२ मा छ ।

भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ थप्दा २४ हजार ९ सय ५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वामगठवन्धनको मत ४२ हजार ४ सय ६४ हुन्छ ।

यता, भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत ८ हजार ३ सय ४१ जोड्दा ३५ हजार ३ सय ७ हुन्छ ।

यहाँ लोकतान्त्रिक गठवन्धन भन्दा वाम गठवन्धन ७ हजार बढी मतले अगाडि छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको क्षेत्र नं ३ चितवनमा १४ जनाले उम्मेदवारी दिएका छन् । १४ मा ६ जना स्वतन्त्र उम्मेदवार हुन् । स्वतन्त्र अधिकांश ठूला दलका उम्मेदवारका डमी उम्मेदवार हुन् । विवेकशील पार्टीका शरद पाठक, नेकपा मालेका डम्बर श्रेष्ठ र वैध माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट टंकनाथ रेग्मीले पनि उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को प्रदेश क्षेत्र ९क० मा ७ जनाको उम्मेदवारी परेको छ ।

यो क्षेत्रमा वाम गठवन्धनका तर्फबाट एमाले नेता कृष्ण भूर्तेल र लोकतान्त्रिक गठवन्धनबाट कांग्रेसका दिनेश कोइराला उम्मेदवार छन् । प्रदेश क्षेत्र ९ख० मा ७ जनाको नै उम्मेदवारी परेको छ । यो प्रदेश क्षेत्रमा वाम गठवन्धनबाट माओवादी केन्द्रका रामलाल महतो र लोकतान्त्रिक गठवन्धनका साजन महतो उम्मेदवार छन् ।

चितवन क्षेत्र नं ३ मा एक लाख २५ हजार ८१८ मतदाता छन् । प्रदेश क्षेत्र ९क० मा ६८ हजार ३ सय ६२ र प्रदेश क्षेत्र ९ख० मा ५७ हजार ४ सय ६१ मतदाता छन् । प्रदेश क्षेत्र ९९क० मा २९ र ९ख० मा ३३ गरि क्षेत्र नं ३ मा ६२ वटा मतदानस्थल र १४९ वटा मतदान केन्द्र रहनेछन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A4Mgi2 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.