Loading...
Loading...
कर फर्छ्यौट आयोगका अध्यक्ष र सदस्य अदालतमा हाजिर
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

। तत्कालिन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल वयानका लागि विशेष अदालत हाजिर भएका छन् ।

लामो समयदेखि फरार रहेका उनीहरू बुधवार अदालतमा उपस्थित भएका हुन् । बयानका लागि न आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबैलाई ८ असारमा एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेको थियो ।

उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ । मुद्दा दायर भएको लामो समयपछि महत र ढकाल वयानका लागि बुधवार दिउँसो ३ बजे अदालत पुगेका हुन् ।

दुबैलाई न्यायीक हिरासतमा राखिएको छ । अदालतका अनुसार उनीहरूको वयान सुरु हुन्छ । वयानपछि नियमित साक्षी, प्रमाण र मुद्दा सुनुवाईको काम सुरु हुने अदालत स्रोतले बतायो ।

आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका तत्कालीन प्रमुख चुडामणि शर्मा भने वयानका लागि अझै उपस्थित भएका छैनन् । उनलाई अदालत उपस्थित गराउन गत सातामात्रै अख्तियारले उनको घरमा म्याद टाँसेको छ ।

तर, उनी अझै वयानका लागि आएका छैनन् ।

शर्मालाई अख्तियारले पक्राउ परेपनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

यसैबीच सर्वोच्च अदालतले आयोगकै अर्को निवेदनमाथि सुनुवाई गरी यसअघिका यसअघिका कर फर्छ्यौट आयोगका प्रतिवेदन किन सार्वजनिक नगरेको भन्दै सरकार र अख्तियारको नाममा कारण देखाउ आदेश दिएको छ ।

अधिवक्ता यशोदाकुमारी पाण्डेले कर फछ्यौट आयोगका सबै प्रतिवेदन सार्वजनिक नगरी अख्तियारले २०७१ मा बनेको अन्तिम कर फर्छ्यौट आयोगको प्रतिवेदनलाई मात्रै छानविन गरेर कारवाही प्रक्रिया अघि बढाएको भन्दै रिट दायर गरेकी थिइन् । रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकार र अख्तियारको नाममा यस्तो आदेश दिएको हो ।

कर फर्छ्यौट आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिई राज्यलाई झण्डै २१ अर्ब नोक्सानी पुर्‍याएको भन्दै गत १९ जेठमा अख्तियारले तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई पक्राउ गरेको थियो । उनीसँगै आयोगका दुई सदस्य महत र ढकाल भने त्यसयता फरार हुँदै आएका थिए ।

अख्तियारले तिनै पदाधिकारीविरुद्ध १० अर्ब रुपैयाँको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अनलाइन खबर बाट



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ikke7v via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.