Loading...
Loading...
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानविन सुरु, काे–काे परे छानविनमा ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सोमबारमात्र २५ जना नेपाल सरकारका कर्मचारीविरुद्ध छानविन अघि बढाएको छ ।

अनुसन्धानको दायरामा आउनेहरुमा नेपाल सरकारका विभिन्न निकायमा कार्यरत सचिव देखि अधिकृतहरु रहेको अख्तियार स्रोतले जनाएको छ । करिब सयभन्दा बढी कर्मचारीविरुद्ध राज्यस्रोतको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सुष्म अनुसन्धान गरिरहेको आयोगले सोमबारमात्र २५ जनाविरुद्ध औपचारिक रुपमा छानविन सुरु गरेको हो ।

सोमबार आयोगले ति कर्मचारीको बैंक खाता, जग्गा जमिन लगायत सम्पत्ति रोक्का गरिसकेको जनाएको छ । अब केही दिनमै उनीहरुलाई बृस्तित सम्पत्ति विवरण खुल्ने १३ पन्ने फारम भराएर छानविन गर्ने आयोग स्रोतले दावी गरेको छ ।

अख्तियारको उच्च स्रोतका अनुसार अनुसन्धानमा तानिएका कर्मचारीहरुमा चिलिमे जलविद्युत आयोजनाका कार्यकारी प्रमुख दामोदर भत्त श्रेष्ठ, त्रिभुवन अन्तराष्टिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्याय, कृषि सामाग्री कम्पनी लिमिटेडका बरिष्ठ अधिकृत अच्युत पौडेल, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल, आन्तरिक राजस्व विभागका शाखा अधिकृतहरु रेमश भट्टराई, शिवचन्द्र पन्त, झमिन्द्र पोखरेल लगायतका रहेका छन् ।  यसैगरि सडक विभागका सिनियर डिभिजिनल इञ्जिनियरहरु ज्ञानेन्द्रकुमार झा र दण्डपाणी पौडेलविरुद्ध पनि अख्तियारले अकुत सम्पत्ति आर्जनको आरोपका छानविन थालेको छ ।

यसअघि अख्तियारले बहालवाला सचिवहरु अर्जुन कुमार कार्की र गजेन्द्र ठाकूर, नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल र काठमाडौ उपत्यकाका नेपाल प्रहरीका दुइजना डिएसपी विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धान अघि बढाएको थियो ।

सचिव र सहसचिवहरु पनि अनुसन्धानमा तानिदै

अख्तियारले अकुत सम्पत्ति कमाएको आरोपमा पहिलो चरणको अनुसन्धानमा कम्तिमा एक सयभन्दा बढी निजामति कर्मचारीकोसुची तयार गरेको दावी गरेको छ । उनीहरुमध्ये केही सचिव र धेरै सहसचिव तथा उपसचिव तहको कर्मचारी रहेको अख्तियार स्रोतले जनाएको छ । उनीहरु सबैलाई सबैलाई गैरकानुनी रुपमा राज्यस्रोतको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानविन गर्न लागिएको हो ।
अब के हुन्छ ?

अख्तियार उच्च स्रोतका अनुसार, सोमबार पहिलो चरणमा २५ जना कर्मचारीको बैंक खाता, सम्पत्ति सबै रोक्का गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरु, मालपोत कार्यालयलगायत सम्वन्धित कार्यालयमा पत्र पठाएर उनीहरुको सम्पत्ति रोक्का गरिएको हो ।

यसअघि आयोगले ती कर्मचारीको सम्पत्ति र आम्दानीको सुष्म अनुसन्धान गरेको बताएको छ । अब उनीहरुलाई १३ पन्ने फारम भर्न लगाइनेछ । १३ पन्ने विवरणमा आरोपित व्यक्तिको सम्पूर्ण परिवार, उसको माइती वा ससुराली, साला साली देखि सम्भावित नजिकका सबै आफन्तको नाममा रहेको सम्पत्ति र सम्पत्तिको स्रोतहरु भर्न लगाइनेछ ।

त्यसपछि त्यहि आधारमा आयोगले उसको आर्जन गरेको सम्पत्तिकै बैद्यता अनुुसन्धान गरि थप कारबाही गर्नेछ । नयाँ पत्रिकासँग कुरा गर्दै उक्त स्रोतले भन्यो, एक चरणको अनुसन्धानका आधारमा उनीहरुले अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ, अब उनीहरुले भर्ने १३ पन्ने वृस्तित सम्पत्ति विवरणको फारमका आधारमा थप अनुसन्धान अगाडि बढाउँनेछौँ ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रवक्ता जीवराज कोइरालाले भने यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mrXR4z via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.