Loading...
Loading...
नुवाकोटमा दुईवटै क्षेत्रमा कांग्रेस बलियो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नुवाकोट । केन्द्रीय स्तरका हेविवेट नेता चुनावी प्रतिस्पर्धामा उत्रिएको नुवाकोटका दुवै क्षेत्रमा कांग्रेसका उम्मेद्वार सुदृढ स्थितिमा देखिएका छन । बाम गठबन्धनका जिल्लास्तरीय उम्मेद्वारहरुको तुलनामा स्थानीय जनतामाझ पहिलादेखि नै प्रभाव छोडेका र सँधै राजनीतिमा क्रियाशील नेताहरु भएकोले पनि कांग्रेस यहाँ सुविधाजनक अवस्थामा देखिएको हो । कांग्रेसका उम्मेद्वार विगत लामो समयदेखि नै नेपाली राजनीतिका पावरहाउस र प्रभावशाली खेलाडीको रुपमा रहेका छन् । उम्मेद्वारी दर्ताका दिन भेला भएका स्थानीयबासी बाम गठबन्धनको तुलनामा कांग्रेसको पक्षमा देखिएको सहभागिता उल्लेख्य थियो । यसले पनि निर्वाचन परिणामको संकेत देखाउँथ्यो ।

तीनवटा क्षेत्र रहेको नुवाकोटमा यसपटक दुईवटा क्षेत्र कायम भएका छन् । कांग्रेसको प्रभाव बढी रहेको तत्कालिन २ नं र १ नं का अधिकांश ग्रामीण इलाका अहिले क्षेत्र नं १ मा गाभिएका छन । स्थानीय चुनावमा पनि कांग्रेसले अधिकांश ठाउँ जितेको छ । यसपटक क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट डा रामशरण महत उम्मेद्वार छन् भने बाम गठबन्धनबाट उनीसँगै दुईपटक पराजित जिल्लास्तरीय नेता हितबहादुर तामाङ छन् । डा महतसँगै पराजित भएका तामाङ राजनीतिमा निष्कृय समेत भैसकेका थिए । तर उनको विकल्प नपाएर गठबन्धनले तामाङलाई अघि सारेको बताइन्छ । यस क्षेत्रको प्रदेशसभामा क मा महेन्द्र थिङ र ख मा रमेशकुमार महत छन् । गठबन्धनका तर्फबाट र क मा राधिका तामाङ ख मा ठेकेदारी गरिरहेका बद्री मैनाली रहेका छन् । पार्टीमा निरन्तर खटिरहेका कार्यकर्ताहरु हुँदा हुँदै ठेकेदारलाई उम्मेद्वार बनाएकोमा मैनालीप्रति एमालेका स्थानीय कार्यकर्ताहरु रुष्ट देखिन्छन् । तर केही रुष्टलाई मनाउन मैनालीले आवश्यक प्रवन्ध गरेको स्थानीयमा चर्चा छ ।

क्षेत्र नं २ मा कांग्रेसको तर्फबाट अनुभवी नेता अर्जुननरसिंह केसी र गठबन्धनका तर्फबाट एमालेका जिल्लास्तरीय नेता नारायण खतिवडा प्रतिष्पर्धामा छन् । प्रदेशसभामा कांग्रेसका तर्फबाट जगदीशनरसिंह केसी र बामका तर्फबाट केशव पाण्डे रहेका छन् ।

क्षेत्र नं १ का कांग्रेस उम्मेद्वार डा महतले ककनीका ओखरपौवा, चाउथे, रानीपौवा, शिवपुरीका, लिखु, छाप, तलाखु, समुद्रादेवी, सुनखानी र पञ्चकन्या र यस पालिकाका भदु्रटार, थप्रेक र महाकालीकाका गाउँ घुमेर स्थानीय जनतासँग अन्तरक्रिया गरिरहेका छन् । ‘डा महतको पक्षमा देखिएको समर्थन जनताको स्नेहपूर्ण स्वागत र सम्मान हेर्दा नै लाग्छ, उहाँले चुनाव जितिसक्नुभयो’, भद्रुटारका टंक सिटौला भन्छन् –‘विगत कठिन अवस्थामा समेत डा महतलाई चुनाव जित्न कठिन थिएन । जिल्लाको विकासमा उहाँको योगदान, जनताको बीचमा राजनीति गर्ने उहाँको कार्यशैली र राष्ट्रको प्रमुख जिम्मेवारीमा पुग्न लाग्नुभएको केन्द्रीय व्यक्तित्व भएकोले पनि डा महतलाई चुनाव जित्न सजिलो छ ।’

डा महतसँगै सबै ठाउँमा पुगिरहेका पवन थापा भन्छन्, –‘ककनीका केही गाउँ जान बाँकी छ भने आउँदो हप्ता रालुका, चिलाउनेगाउँ, डाँडाखर्क, बोकेढुंगा, सिमटाङ, शिखरबेसी, सेराङ, घ्याङफेदी, हुङ, गाउँखर्क, राउतबेसी, झगडे, बालकुमारी, समुद्रटार, नर्जा उर्लेनी र सूर्यगढी जाने कार्यक्रम रहेको छ । डा महत जहाँ जानुभएको छ, त्यहाँ पहिलाको भन्दा बढी उत्साह मैले देखिरहेको छु ।’

विकासका केही मुख्य मुख्य कार्यक्रम

निर्वाचनको राजनीतिमा प्रवेश गरेपछि सांसद, मन्त्रीलगायत विभिन्न ओहोदामा रहेर नुवाकोट जिल्लाको विकास र आर्थिक रुपान्तरणका लागि गरेका डा महतले थुप्रै काम गरेका छन् । क्षेत्र नं २ का सभापति रामजी पौडेलको भनाई छ, ‘०४८ अघिसम्म त्रिशुली जलविद्युत जाने एउटा साँघुरो बाटोबाहेक यहाँ केही विकास पुगेको थिएन र डा महत निर्वाचनको राजनीतिमा प्रवेश गरेपछि नै विकास निर्माणले गति लिएको हो ।’

पौडेलका अनुसार, महतले गरेका अनगिन्ती कामहरुका बारेमा यहाँका जनता जानकार नै छन् । जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने छहरे–टोखा सडक, गल्छी–देवीघाट सडक, नुवाकोट हुँदै जाने मध्यपहाडी लोकमार्गको निर्माण, निर्माणाधीन गल्छी–रसुवागढी सडक, गँगटे–गोल्फुभन्ज्याङ्ग, लिखु–कविलासदेखि बेतिनी–गोल्फुभन्ज्याङ्ग आदि सडकहरु छन् । यस अतिरिक्त अन्य दर्जनौं सडकहरु बहुबर्षीय ठेक्का प्रणालीमा शुरुवात गरी सबै गाउँपालिका र वडाहरुमा पक्की सडकहरु निर्माणाधीन छन । लिखु, तादी र सहायक नदीहरुमा करिव दर्जनौं पक्की पुलहरुमध्ये अधिकांश निर्माण भै सञ्चालनमा आइसकेका छन र कतिपय निर्माणाधीन छन । त्यस्तै दर्जनौं झोलुङ्गे पुलहरु, ठूला तथा मध्यम सिंचाई आयोजनाहरु, सबै गाउँमा उज्यालो पु¥याउने विद्युतीकरण कार्यक्रम, डुवाचे जस्ता वृहद् आयोजना लगायत कैयौं खानेपानी आयोजना, झोर–छहरे टनेल मार्गको संभाब्यता अध्ययन जस्ता कार्यक्रमहरु उहाँको पहल र सक्रियतामा सञ्चालनमा छन् । त्यसैगरी उनकै पहलमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय, अस्पताल मन्दिर, गुम्बा एवं पुरातात्विक सम्पदा तथा धरोहर, सार्वजनिक भवनको पुनर्निर्माण र भूकम्पपीडितहरुलाई घर निर्माण अनुदान आदि कार्यक्रमहरु पनि सञ्चालनमा छन् ।

यी त राष्ट्रियस्तरका कार्यक्रमहरु हुन । पौडेल भन्छन्, अनगिन्ति सानातिना विकासका कार्यक्रमहरु सञ्चालनमा छन् । यी विकासका काममा अन्य कुनै पार्टीको कुनै भूमिका छैन भन्ने स्थानीय जनतालाई जानकारी छ ।

माथिल्लोे भेग र थपिएको क्षेत्रमा पनि उत्साह

जातीय मुद्दा उठाएर पहिला माओवादीले विशेषगरी माथिल्लो भेगबाट केही मत पाएको थियो । प्रशासनको पहुँच नभएका केही ठाउँबाट माओवादीको जगजगी भएका बखत उसले बुथ कब्जा गरेर बढी मत ल्याउने गरेको थियो । तथापि डा महतले माओवादीको जगजगी भएको बेला पनि निरन्तर ४ पटक चुनाव जितिसकेका छन् । थप्रेकका स्थानीय युवा रेशम तामाङ भन्छन्, – ‘यसपटक माथिल्लो भेगका जनता पनि उत्साहित छन । अरुले विकास नगर्ने रहेछन र विकासका लागि डा महत नै चाहिन्छ भन्ने सोच उनीहरुमा विकास हुँदै गएको देखिन्छ । ठाउँ ठाउँबाट युवाहरु कांग्रेस प्रवेश गरिरहेको देख्दा डा महतलाई तामाङ बस्ती भएको माथिल्लो भेगबाट पनि राम्रो भोट आउने देखिएको छ ।’

चौघडाका कृष्ण मिश्रका अनुसार, पुरानो १ नं क्षेत्रका बासिन्दामा डा महतको भब्य स्वागत देखिन्छ । यो अर्को सवल पक्ष हो भने पहिलादेखि नै डा महतले एमालेको तटस्थ मतका साथै सक्रिय नेता तथा कार्यकर्ताहरुको भोट पनि ल्याउने गर्नुभएको छ । विशेषगरी डा महतको यहाँ कांग्रेसमा मात्र होइन, एमाले समर्थक तटस्थ मतदातामा व्यक्तिगत प्रभाव नै राम्रो छ । यसपटक त क्षेत्र नं १ मा आफ्नो उम्मेद्वार नभएकोले उनीहरु २ नं क्षेत्रमा केन्द्रित भएको देखिन्छ ।

जिल्लाको विकासका लागि डा महतका स्पष्ट एजेण्डा रहेका छन् । उनले विगतमा प्रारम्भ गरिएका आयोजनाहरुलाई आगामी दिनहरुमा सम्पन्न गराउन उहाँले सार्वजनिक प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै खानेपानी, विजुली, सिंचाई, सडक जस्ता आधारभूत सुविधाहरु नपुगेका गाउँ–बस्तीहरुमा यी सुविधाहरु पु¥याउने, शिक्षा–स्वास्थ्य क्षेत्रको स्तरोन्नति, कच्ची सडकको स्तरोन्नति गर्दै पक्की बनाउने, झोंर–छहरे टनेलमार्ग जस्ता बृहद् राष्ट्रिय आयोजनाहरु कार्यान्वयनमा ल्याइने बताईएको छ । बालाजु–त्रिशुली सडक स्तरोन्नतिलाई यथाशीघ्र सम्पन्न गराउने, काउले ठाना —छहरे सडक र विगतमा संभाब्यता अध्ययन भैसकेर पनि निर्माण नभएका अन्य सडकहरुलाई शीघ्र कार्यान्वयन गराउने उनको कार्यक्रम छ । नुवाकोटको दक्षिणी भेगलाई राष्ट्रिय यातायातको सञ्जालमा ल्याउन तीनपिप्ले गल्छीमार्गको स्तरोन्नतिको कामलाई शीघ्र सम्पन्न गरिने योजना पनि उनको कार्यक्रममा छ ।

नेता महतले नुवाकोट जिल्लालाई पर्यटकीय आकर्षक गन्तब्यस्थलको रुपमा विकास गर्न नुवाकोट दरबार परिसर लगायत अन्य क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माण गरी प्राकृतिक सम्पदा र विविधताको उपयोग गर्ने सोच बनाएका छन्। नुवाकोट जिल्लालाई नेपाल–चीन–भारतको व्यापारिक नाकाको रुपमा विकसित गरी आर्थिक अवसरहरु बढाउन उनको सोच अनुसार कार्य अघि बढेको बताईएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zCTOHK via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.