भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । निर्वाचन आयोगले तोकेको उम्मेदवारको चुनाव खर्च देखेरै आफ्नो त आङै सिरिंग भयो, कति धेरै खर्च गर्न दिएको हो, त्यतिका पैसा कहाँबाट ल्याउने होला, किन खर्च गर्नुपरेको होला भनेर । म भए त भोट दिए दिऊन् नदिए नदिऊन्, त्यति पैसा खर्च गर्ने थिइनँ । पच्चीस लाखले त जिन्दगीभर पालिन सकिन्छ । भूकम्पपीडितका क्षेत्रमा भए ५, ७ वटा घर बन्छन् । के त्यो पैसा लगानी गरेर आम्दानी बढाउन, विकास गर्न सकिन्न रु अझ एउटा उम्मेदवारले करोड, ५ करोडसम्म खर्च गर्ने रे रु एक महिनाभित्र त्यतिका धनराशि स्वाहा पारेर कंगाल बन्ने हो कि जितेपछि राज्यबाट अनेक गरी असुलउपर गर्ने हो रु त्यसो गरे पनि जित्ने त एउटा हुन्छ, हार्नेको जान्छ । होइन भने उम्मेदवारहरूको पैसा बढी भएकै मान्नुपर्छ । नेपाल गरिब भए पनि नेता बन्ने जनता धनी भएछन् भन्ने बुझिन्छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले राज्य कोषबाट अर्बौं रुपैयाँ खर्च गरिरहेको छ । उम्मेदवारहरूले सीमाभित्र र बाहिर गर्ने खर्च जोड्ने हो भने खर्ब पुग्न सक्छ । दलहरूले जनतालाई उत्साहित गर्न घोषणापत्रहरूमा प्रतिस्पर्धात्मक ढंगले ठूलाठूला योजना ल्याएका छन् । जनताको आय र समृद्धिका लागि खरबौंको बजेट प्रस्ताव गरेका छन् । आँट मात्र गरेर हँुदैन, सम्भावना पनि हुनुपर्छ । कहाँ छ त्यत्रो ढुकुटी रु आफ्नो आम्दानी छैन, विदेशीहरूसँग मागेकाले पुग्दैन । निर्वाचनसँगै धेरै तलबभत्ता खानेहरूको संख्या ह्वात्त बढ्दै छ देशमा । त्यसकारण पैसा बचाऔं † चुनाव भन्दैमा अन्धाधुन्ध पैसाको खोलो नबगाऔँ † त्यो पैसा गरिब जनताका हितमा उत्पादन र विकास निर्माणमा लगाऔं † खर्च गरेर चुनावमा होम्मिने र विकृति बढाउने काम नगरौं † खर्च कम हुने उपाय अपनाऔं । आफूलाई मन परेको उम्मेदवारलाई मतदाताले अवश्य भोट दिनेछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yVfZK2 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

