Loading...
Loading...
पृथ्वीनारायणको शालिक राष्ट्रपतिद्वारा चन्द्रागिरि डाँडामा अनावरण
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । पृथ्वीनारायण शाहले काठमाडौंमा रहेका स–साना राज्यहरु एकीकरण गर्नु पुर्व चन्द्रागिरि डाँडाबाट काठमाडौं नियालेको सन्दर्भलाई शालिक मार्फत जीवन्त देखाउँदै पर्यटक आकर्षित गर्न चन्द्रागिरि हिल्स लिमिटेडले निर्माण गरेको शालिकको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अनावरण गरिएको छ । चन्द्रागिरि केवलकारको टप स्टेशनमाथि रहेको भालेश्वर मन्दिरको छेउमा निर्माण गरेको नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक आइतबार आयोजित विशेष समारोहकाबीच अनावरण गरिएको हो । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो शालिक ५ फिट ८ इन्च उचाईको छ । मुर्तीकार नविन सुवेदीले सो शालिक निर्माण गरेका हुन् ।

पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक रुपले सम्बन्धित रहेको चन्द्रागिरिमा शाहको शालिक राख्नु नेपाली इतिहासको संरक्षण र सम्बद्र्धनमा एक महत्वपूर्ण योगदान पुग्ने भएकोले चन्द्रागिरि हिल्स लिमिटेडले उक्त शालिक निर्माण गरेको हो । नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाह मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरिको बाटो हुँदै गरेको र उनले काठमाडौंं उपत्यकाको सुन्दरताका साथै असोज महिनामा उपत्यकामा फलेको लहलह धानदेखि लोभिएर बडो खेतीयोग्य जमिन रहेछ भनी आफ्नो राज्य विस्तारका क्रममा यस काठमाडौँ उपत्यका माथि नै विजय प्राप्त गर्ने अभियानस्वरुप योजना बनाएको इतिहास छ । त्यस्तै शाहले हाल भालेश्वर मन्दिर रहेको स्थानमा बसेर यति काठमाडौं उपत्यका माथि विजय प्राप्त गर्न सकौँ भनी कामना गरेको तथ्य पनि इतिहासमा भेटिन्छ । यी दुई पक्षको ऐतिहासिकताको सम्बद्र्धनका लागि शालिक निर्माण गरिएको चन्द्रागिरिले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । शालिक निर्माण कार्यले यो क्षेत्र नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षको संगमस्थलका साथै एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा चन्द्रागिरिले लिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीज्यूले वर्तमान विशाल नेपालको जग एकीकरणको समयमै बसालिएको प्रसंग उल्लेख गर्दै तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स साना सामन्ती राज्य रज्यौटाहरुलाई एकताको सुत्रमाबाँधेर सबल र एकीकृत राज्य निर्माण गर्नु तत्कालीन आवश्यकता भएको र त्यस ऐतिहासिक कार्यलाई पृथ्वीनाराण शाहले सम्पन्न गरेको बताइन् । राष्ट्रिपति भण्डारीले प्राकृतिक सौन्दर्यले सुशोभित पुण्यभूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय जीवनस्तर उकास्ने तथा पर्यटनको विकास मार्फत नेपालको समृद्धि हासिल गर्ने काममा संस्थाले अहम भूमिका निर्वाह गर्नसक्ने अपेक्षा आफुले गरेको धारणा राखिन् । भण्डारीले चन्द्रागिरिजस्तो ऐतिहासिक स्थानमाएकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरी हिल्सले अनुकरणीय काम गरेको चर्चा पनि सो अवसरमा गरेकी थिइन् । सो समारोहलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायाण देवले चन्द्रागिरि हिल्सले केवलकारको निर्माण मात्र नभएर सांस्कृतिक एवम् धार्मिक पर्यटनको विकासका एकीकृत योजनाहरु ल्याई प्रसंशनीय काम गरेको चर्चा गरे । मन्त्री देवले आजै आगामी बर्ष सन् २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरि हिल्सलाई प्रदान गर्ने निर्णय नेपाल सरकारले गरेको जानकारी दिए । सो सभामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्व अर्थमन्त्री डा.रामशरण महत, राजपाका नेता शरतसिंह भण्डारी, सभासदहरु विनोद श्रेष्ठ, सुवाससिंह ठकुरी, प्रेमबहादुर सिंह लगायतले ऐतिहासिक स्थलमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरेर इतिहासको संरक्षण र सम्बद्र्धनका लागि चन्द्रागिरिले प्रशंसनीयकार्य गरेको बताए । हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले छोटै समयमा यो पर्वत काठमाडौं र समग्र देशबासीकै आकर्षक पर्यटकीय एवम् धार्मिक गन्तव्यका रुपमा स्थापित भइसकेको जानकारी दिए । उनले लिमिटेडले यस क्षेत्रलाई आगामी दिनमा एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने विभिन्न कार्यक्रमहरुको पनि जानकारी गाराए । उनुभयो । हाल चन्द्रागिरि पर्वतमा केवलकार निर्माण भई सञ्चालनमा रहेको छ भने पृथ्वीनारायण शाहले त्यस समयमा उपत्यका जित्ने शक्ति प्राप्त होस भनी कामना गरेको स्थानमा भालेश्वर महादेव मन्दिर निर्माण भईसकेको छ । सो परिसरमा सुविधासम्पन्न र अन्तर्राष्ट्रियस्तरको होटल निर्माण कार्य जारी छ । साथै प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएर लगायतका अन्य साहसिक पर्यटनका योजनाहरुको पनि तयारी गरिएकोले सो क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना यस हिल्सले बनाएको छ । अहिले नै यहाँ प्रत्यक्ष रुपमा २५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । सबै आयोजनाहरु सम्पन्न भइसक्दा ५०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाउने हिल्सले जनाएको छ । अहिलेसम्मको एक बर्षको बीचमा नेपाल सरकारलाई भ्याट तथा स्थानीय करगरी रु ७ करोड २८ लाख राजस्व दाखिला गरेको बताइएको छ । भालेश्वर महादेव मन्दिरबाट यो अवधिमा ६३ लाख, १२ हजार ९५० रुपैयाँ भेटिघाटी संकलन भएको व्यवस्थापनले जनाएको छ । यसलाई नेपालमै एक पारदर्शी र व्यवस्थित देवस्थलका रुपमा विकास गरी यसबाट उठेको भेटिघाटीलाई व्यवसायिक प्रयोजनमा खर्च गर्ने नभई एक पारदर्शी फण्डका रुपमा संकलन गरी धार्मिक र सामाजिक कार्यमा लगाउने योजना कम्पनीले बनाएको कार्यक्रममा जानकारी दिइयो ।

The post पृथ्वीनारायणको शालिक राष्ट्रपतिद्वारा चन्द्रागिरि डाँडामा अनावरण appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2fkAd3v via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.