भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलको अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा असोज ८ गते काठमाडौँमा सम्पन्न भयको छ । बैठकमा बोल्दै अध्यक्ष ढकालले सबल राष्ट्रियता र दिगो समाबेशी विकास अहिलेको आबस्यकता रहेको भन्दै परिणाममुखी काम गर्न अन्य दलहरुसंग सहकार्य गर्न सकिने बताउनु भयो । बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा प्रस्तावित उम्मेदवारको नाम असोज २० गते भित्र केन्द्रमा पेश गर्न सबै जिल्ला समन्वयन समितिलाई निर्देशन दियको छ।बैठकले आसन्न प्रतिनिधि सभाको निर्बाचन र प्रदेश सभाको निर्बाचनमा एजेन्डा मिल्ने दलहरुसंग सहकार्य गरि अघि बढ्ने निर्णय गरेको दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिनुभयो। बैठकले आबस्यकता अनुसार सहकार्यको लागि विभिन्न दलहरुसंग छलफल गरि राष्ट्रिय हित र पार्टीको हितलाई केन्द्रमा राखी उपयुक्त निर्णय गर्न दलका केन्द्रिय अध्यक्ष श्री एकनाथ ढकाललाई अधिकार दिने निर्णय गरेको प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिनु भयो। पुरानो बानेश्वर, काठमाडौँमा बसेको बैठकले नेपालको संविधानको मर्म अनुसार सबै तहमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्बाचन प्रणाली र प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख रहने गरि संबैधानिक ब्यबस्था गर्नु उपयुक्त हुने निर्णय समेत गरेको छ। बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा नेपाल परिवार दलका उम्मेदवारहरुको मनोनोयनको औपचारिक पत्रमा महामन्त्री श्री बिनोद डाँगीको हस्ताक्षर हुने निर्णय समेत गरेको छ। परिवार दलले नेपालीहरुको महान पर्ब बिजय दशमी २०७४ को पावन अबसरमा सबैमा सुख, शान्ति र सम्मृद्धिको सुभकामना समेत ब्यक्त गरेको छ ।
The post आसन्न निर्बाचनमा एजेन्डा मिल्ने दलसंग परिवार दलले सहकार्य गर्ने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wf8h8i via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

