Loading...
Loading...
८ विषयमा भयो नेपाल र भारतबीच एमओयु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नयाँ दिल्ली ।  नेपाल र भारतबीच ८ वटा समझदारी पत्र ९एमओयु० मा हस्ताक्षर भएको छ। भारतको पाँच दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच भएको एक्लाएक्लै वार्ता र प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर भएको हो।

दुई प्रधानमन्त्रीले रिमोट थिचेर कटैया(कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको उद्घाटन गरे। यो लाइनबाट थप १०० मेगावाट विद्युत भारतले नेपाललाई दिनेछ।

हस्ताक्षर भएका ८ मध्ये ४ एमओयु भूकम्पपछि भारतले नेपाललाई दिने भनिएको सहयोगको विषयमा भएको हो। यसमध्ये एउटा एमओयु ५० हजार घर पुननिर्माणको मोडालिटीका विषयमा छ। त्यस्तै अर्को एमओयु शैक्षिक क्षेत्रमा भूकम्पपछि पुननिर्माणको रहेको छ भने बाँकी दुई वटा सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्रको रहेको छ।

भूकम्पसम्बन्धी यी चार वटा एमओयुमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र भारतका तर्फबाट विदेश सचिव एस जयशंकरले हस्ताक्षर गरे।

पाँचौँ एमओयु मेची नदीमा बनाउने फराकिलो पुलबारे रहेको छ। थप समाचार पढ्नुस्( भारतले मेची नदीमाथि १५९ करोड भारुको लागतमा पुल बनाउने

यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतका तर्फबाट रोड ट्रान्सपोर्ट एन्ड हाइवेज सचिव युद्धवीर सिंहले हस्ताक्षर गरे।

छैटौँ एमओयु लागू औषधको व्यापार रोक्ने विषयमा थियो। यसमा गृह सचिव लोकदर्शन रेग्मी र भारतीय अर्थ मन्त्रालयका रेभेन्यु सेक्रेटरी हसमुख अधियाले हस्ताक्षर गरे।

सातौँ एमओयु स्ट्यान्डराइजेसन एन्ड कन्फर्मिटी एसेसमेन्टमा सहयोग सम्झौता सम्बन्धी थियो र यसमा नेपाल गुणस्तर तथा मापदण्ड ब्युरोका महानिर्देशक विश्वबाबु पुडासैनी र भारतीय समकक्षी सन्जय सिंहले हस्ताक्षर गरे।

आठौँ तथा अन्तिम एमओयु दुई देशका चार्ट एकाउन्टेन्ट इन्स्टिच्युटहरुबीचको थियो। त्यसमा नेपालका तर्फबाट इन्स्टिच्युटका अध्यक्ष प्रकाश थापा र भारतका तर्फबाट निलेश भिकाम्सेले हस्ताक्षर गरे।

The post ८ विषयमा भयो नेपाल र भारतबीच एमओयु appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2w6YUbx via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.