Loading...
Loading...
निधिलाई कार्यवाहक किन ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं।  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा निस्कँदा पार्टीको कार्यभार नेता विमलेन्द्र निधिलाई सुम्पेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

गुटको नाडी छाम्न
पार्टी बागडोर सम्हालेको डेढ वर्षसम्म पार्टी पदाधिकारीदेखि विभाग गठन गर्न नसकेको भन्दै आलोचना खेपेका देउवाले पार्टीका अन्य गुटको नाडी छाम्न निधिलाई कार्यवाहक दिएको चर्चा चलेको छ । निधि देउवाको विश्वासपात्र मानिन्छन् । नेपाल प्रहरीको आइजिपी नियुक्ति विवादमा देउवा र निधिबीच मनमुटाव बढेको विवरण सार्वजनिक भएका थिए ।

परिपाटी पुरानै
कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘निधिलाई देउवाले कार्यवाहक दिनु महत्ववपूर्ण कदम हो । पहिला त पार्टी सभापतिले आफ्ना अनुकूलका नेतालाई सेकेन्ड म्यान बनाउने परिपाटी पुरानै हो । दोस्रो २ नम्बर प्रदेशको निर्वाचन पनि हो । देउवाले पार्टीभित्र वरिष्ठ नेता हुँदाहुँदै निधिलाई अगाडि ल्याएर पुस्तान्तरको सन्देश पनि दिन खोजेको देखिन्छ ।ु

पौडेल पक्ष रुष्ट
देउवाले बुधबार निधिलाई कार्यवाहक सभापति बनाएको सार्वजनिक भएलगत्तै पौडेल पक्षले असन्तुष्ट जनाएको छ । औपचारिक रूपमा नेताहरूले प्रतिक्रिया नदिए पनि पौडेल समूह देउवाको यो निर्णयबाट रुष्ट छ । पौडेल समूहसहित कांग्रेसका कैयन नेता देउवा आफ्नै समूहका पाका नेता कुलबहादुर गुरुङलाई समेत सम्मान गर्न नसकेको आरोप लगाउँछन् ।

The post निधिलाई कार्यवाहक किन ? appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xuyiRk via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.