Loading...
Loading...
माओवादी वैठक सकियो,पार्टीका नेता–कार्यकर्तामाथि कारबाही हुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं,१० साउन   ।  पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा अन्तर्घात गरेका पार्टीका नेता–कार्यकर्तामाथि माओवादीले कारवाही गर्ने भएको छ । पार्टी केन्द्रीय सचिवालयको विस्तारिक वैठकमा बोल्दै प्रचण्डले यस्तो जानकारी दिएका छन् ।

‘वागी उम्मेदवार हुने, अन्तर्घात गर्ने र अर्को पार्टीको पैसा खाने कारवाही गरिन्छ । ६ वटै प्रदेशमा तीन–तीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानविन हुन्छ । दोषी पाइए कारवाही हुन्छ ।’ प्रचण्डले भने । विभिन्न जिल्लाबाट अन्तर्घातका उजुरी आएपछि माओवादी दोषीमाथि कारवाही गर्न कार्यदल बनाउने निर्णय गरेको हो ।

यसबाहेक माओवादीले संघीय चुनावको प्रतिबद्धता पत्रको मस्यौदा बनाउन नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा समिति बनाएको छ । यसबाहेक प्रदेश सभाको चुनावका लागि उम्मेदवार छनौटका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा समिति बनाएको छ ।
माओवादीले साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट निर्वाचित प्रतिनीधिहरुको भेला गर्ने निर्णय गरेको छ ।

यसबाहेक वैठकमा प्रचण्डले आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मोहन वैद्य, डा.बाबुराम भट्टराई र विप्लवसँग पनि एकताका लागि अपिल गर्ने बताए । केही दिन अगाडि सकिएको वेद्य माअ‍ोवादीको वैठकले पनि एकताका लागि बाटो खुला राखेको छ ।
चुनावी समीक्षा र भावी रणनीतिका लागि भन्दै माओवादीले साउन २ गतेदेखि केन्द्री सचिवालय सदस्य र जिल्ला इन्चार्जहरुको संयुक्त वैठक बोलाएको थियो ।

The post माओवादी वैठक सकियो,पार्टीका नेता–कार्यकर्तामाथि कारबाही हुने appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tVUpxT via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.