Loading...
Loading...
चन्द्रगिरीमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।   काठमाडौंको चन्द्रगिरी नगरपालिकाको थानकोट–चित्लाङ सडक आयोजनामा नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

जिल्ला वन कार्यालय काठमाडौं र नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर २ का सांसद सुभाषचन्द्र शाह ठकुरीको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएका हुन् ।

सडक निर्माणका नाममा वन विनास गरी निस्केको सामग्री अन्यत्र लगी सडक निर्माण कार्य सम्पन्न हुन धेरै वर्ष पछाडि धकेल्ने खेल गरेको उजुरीमा उल्लेख छ । सडक निर्माणका क्रममा निस्किएको वन पैदावर स्थानीय बाटोमै प्रयोग गर्नुपर्ने वन नियमावलीमै उल्लेख भए पनि सो विपरित काठ, दाउरा मात्रै स्थानीय वन समितिलाई दिएर ढुंगा, गिटी, माटो अन्य विक्री गरेको स्थानीयको आरोप छ ।

सडक विभागले यो सडक निर्माणका लागि ठेकेदार किराँतेश्वर कन्ष्ट्रक्सन कम्पनीलाई जिम्मा दिएकोमा जिल्ला वन कार्यालयले ढुंगा गिटी लिलाम विक्री गरी संस्थागत भ्रष्टाचार गरेको भन्दै ढुंगा गिटी विक्री सम्बन्धमा ठेक्का रद्द गरी संलग्न सबैमाथि कडा कारबाही गर्न माग गर्दै सरोकारवालाहरुले अख्तियारमा उजुरी दिएका छन् ।

गत वैशाख २१ गते एमालेका सांसद ठकुरीको उपस्थितिमा बसेको थानकोट–चित्लाङ सडक योजनाको बैठकले यो सडक योजना अन्तर्गतको पानीघाट–चन्द्रगिरी भञ्ज्याङ सडक खण्डमा निर्माण गर्ने क्रममा निस्कने वन पैदावरजन्य वस्तुहरु (ढुंगा, माटो, ग्राभेल) को ब्यवस्थापन गर्न टेन्डर प्रक्रियामार्फत लिलाम विक्री गर्न जिल्ला वन कार्यालयलाई पठाउने भनी गरेको निर्णयको प्रति पनि उजुरीसँगै अख्तियारमा पुगेको छ ।

जिल्ला वन कार्यालय काठमाडौंले उक्त सडक निर्माणका क्रममा निस्किएको वन पैदावर विक्रीका लागि मूल्यांकन परिणामसहित वन पैदावर बोलकबोल प्रथाद्वारा लिलाम विक्री सम्बन्धि सार्वजनिक सूचना जारी गरेको थियो ।

The post चन्द्रगिरीमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2u8OPrN via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.