Loading...
Loading...
सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै ‘छक्का पञ्जा २’को गीत विवादमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । युट्युबमा सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै फिल्म ‘छक्का पञ्जा २’को गीत ‘ए दाजु नसमाऊ नारीमा’ विवादमा आएको छ। प्रिन्स नेपाली नामका युवाले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो। गीत रिलिज हुँदा संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो।

फिल्मका कलाकार तथा निर्माता दीपकराज गिरीले आफूले प्रिन्सकै अनुमतिमा फिल्ममा गीत राखे पनि आफ्नो हजुरबुवाको नाम नआउँदा चित्त दुखाएको बताए। ‘मैले फिल्मको लागि गीत खोजिरहेको थिएँ। गीतका लागि संगीतकार अल्मोडाकोमा पुगेको थिएँ। उहाँले मलाई धुन सुनाउनुभयो,’दीपकराजले भने,’मलाई त्यो धुन मनपर्‍यो। अल्मोडाजीलाई आग्रह गरेपछि उहाँले प्रिन्सलाई ‘छक्का पञ्जा २’को लागि यो गीतको प्रस्ताव गरेपछि प्रिन्सजीले सहर्ष स्वीकार्नुभयो। उनको यो गीत गाउने चाहना रहेछ। तर, अल्मोडाले गाएपछि रुष्ट हुनुभयो।’ आजको नागरिकमा खबर छ ।

फिल्मको गीत रिलिजपछि मात्र विवाद देखिएको दाबी गर्दै दीपकले गीतको रिमिक्स गर्ने अधिकार प्रिन्स दिनसक्ने संकेत गरे। ‘अहिले गीत सार्वजनिक भएपछि उनलाई फेरी गाउन दिन सम्भव छैन,’दीपकले भने,’तर, भोलिका दिनमा उनले रिमिक्स गर्न चाहे भने त्यो अधिकार दिन सकिन्छ।’

सोही विषयमा सम्पर्क गर्न खोज्दा प्रिन्स भने सम्पर्कमा आएनन्। प्रिन्सले आपत्ति जनाएपछि युट्युबमा संगीतको क्रेडिट प्रिन्ससँगै उनका हजुरबा कान्छा मगर नेपालीलाई दिइएको दीपकराज गिरीले बताए। उनले अल्मोडा भारतमा रहेकाले आएपछि थप कुरा प्रष्ट हुने पनि जानकारी गराए।

गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर छ भने प्रिन्स र अल्मोडाको संगीत तथा दीपकराज गिरी र प्रिन्सको शब्द छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

 

The post सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै ‘छक्का पञ्जा २’को गीत विवादमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2uUtuaH
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.