Loading...
Loading...
कांग्रेस बैठकमा यादवले देउवा र पौडेललाई बाबा बनाएपछि…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं,८ साउन  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शनिबारको बैठक निकै रोचक बनेको थियो । नेताहरुको प्रस्तुतिले बैठक रोचक बनेको हो । बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले बाबाको प्रसंग झिक्दै सभापति देउवा र नेता पौडेललाई सचेत गराए । विद्यार्थीकालमा बाबाको दर्शनका लागि भारत जाँदा बाबाका रक्षकले ढोग्न नदिएको, तर पैसा दिएपछि पुनः ढोग्न दिएको कथा उनले सुनाएका थिए ।

 

भक्तजनसँग यसरी पैसा लिन थालेपछि मानिस दर्शनका लागि जान छोड्दा बाबा तथा उनका रक्षक दुवैको आर्थिक स्रोत सुकेको भन्दै देउवा र पौडेललाई उनले सचेत गराए ।

‘तपार्इंहरू दुईजना बाबाजस्तै हुनुहुन्छ । तपाईंहरूको दर्शन गर्न जाँदा दर्शन गराइदिन्छु भन्दै परिक्रमा गर्नेहरू पनि छन्, तपाईंहरू पनि त्यस्तै बाबा बन्नबाट बच्नुहोला,’ उनले भने ।

केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले टिकट लिन बोलाएर नेताहरूले नांगेझार बनाइदिएको आरोप लगाए । ‘टिकट लिन बोलाउनुभयो, तर अन्तिम अवस्थामा टिकट दिएर नांगेझार पारिदिनुभयो,’ उनले भने, ‘कम्तीमा सर्ट र पाइन्ट लगाउने समय त दिनुपथ्र्यो । अन्तिममा टिकट दिएर नांगेझार पारिदिनुभयो । ढिला हुँदा चुनाव पनि हार्ने अवस्था आयो ।’

केन्द्रीय सदस्य मीन विश्वकर्माले ५० मिनेटमा टिकट दिने निर्णयले जितेर पाँच वर्षसम्म शासन गर्ने अवसर छिनिदिएको आरोप लगाए । ‘मलाई सम्झाउन फलानालाई टिकट दिन्छु भन्नुभयो, तर ५० मिनेटको समयमा निर्णय गरेर टिकट दिँदा पाँच वर्षसम्म शासन गर्ने उम्मेदवार जिताउन नसक्ने अवस्था आयो,’ उनले भने ।

केन्द्रीय सदस्य बलहादुर केसीले सोलुखुम्बू जिल्लामा आफ्नो ज्यानलाई असुरक्षा बढेको भन्दै चिन्ता जनाए । ‘जिल्लामा मेरो ज्यानको असुरक्षा छ । मेरो सुरक्षाका लागि प्रधानमन्त्रीलाई निवेदन दिऊँ कि के गरौँ रु’ केसीले भने, ‘म एउटा सांसद सुरक्षित हुन पाउँछु कि पाउँदिनँ रु’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

The post कांग्रेस बैठकमा यादवले देउवा र पौडेललाई बाबा बनाएपछि… appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vwLGE4 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.