Loading...
Loading...
कञ्चनपुर प्रहरीको न्यायीक व्याख्याका लागि अदालतमा बहस सुरु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

कञ्चनपुर, असार ५ । दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई समाचार लेखेकै भरमा सार्वजनिक मुद्धा चलाउने कञ्चनपुर प्रहरीको न्यायीक व्याख्याका लागि अदालतमा बहस सुरु भएको छ ।

दैनिक मानसखण्डमा प्रकाशन भएको समाचारलाई आधार बनाएर सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्ट विरुद्ध सार्वजनिक मुद्धा चलाउने कञ्चनपुर प्रहरीको प्रयासको न्यायिक व्याख्याका लागि पत्रकार लक्ष्मण तिवारीले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा दर्ता गरेको रिट निवेदनमाथीको सुनुवाई सुरु भएको हो ।

पत्रकार तिवारीले दर्ता गर्नुभएको रिट निवेदनमा तार्किक बहस गर्दै अधिवक्ता विनोद भट्टले अदालतको व्याख्याको माग गर्नुभएको छ । समाचारको विषयलाई लिई प्रहरीले पत्रकारलाई पक्राउ गरि हिरासतमा राख्नु उसको क्षेत्राधिकार भित्र पर्छ कि ? पर्दैन भन्दै पत्रकार तिवारीले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा रिट निवेदन दर्ता गर्नुभएको हो ।

प्रहरीको ज्यादती विरुद्ध निरन्तर समाचार प्रकाशन गरेको दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी गणेश भट्टलाई केही सार्वजनीक अपराधमा कसुरको अनुसन्धानको सिलसिलमा पक्राउ गर्नुपर्ने भन्दै कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दको निर्देशनमा शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

समाचार लेखेको भरमा प्रहरीले पत्रकारद्धय भण्डारी र भट्टलाई पक्राउ गरेपछि प्रेस स्वतन्त्रतामाथी प्रहरीले दमन गरेको भन्दै चौतर्फी आलोचना र दबाबका माझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानका क्रममा हिरासतमा राख्ने ठोस आधार नभेटिएको भन्दै २४ घण्टापछि हिजो साँझ उहाँहरुलाई रिहा गरेको थियो ।

The post कञ्चनपुर प्रहरीको न्यायीक व्याख्याका लागि अदालतमा बहस सुरु appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2tk6bTx
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.