Loading...
Loading...
अछामका ४७ वटा मतदान स्थल अति संवेदनशील
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

अछाम, असार ५ । जिल्ला सुरक्षा समिति अछामले जिल्लाका ४७ वटा मतदान स्थल अति संवेदनशील रहेको निष्कर्ष निकालेको छ ।

१ सय २९ मतदान स्थल र १ सय ८५ वटा मतदान केन्द्र रहेको अछाममा ६६ स्थल संवेदनशील र १६ मतदान स्थल सामान्य रहेको समितिले निष्कर्ष निकालेको हो ।

चुनाव लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्टले विकट, सडकको पहुंँच नभएका तथा टेलिफोन नेटवर्क नरहेका मतदान स्थलमा हुन सक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको बताएका छन् ।

जिल्लाका सबै क्षेत्रमा नेपाल प्रहरी र म्यादी प्रहरीसँगै विभिन्न ठाउँमा सशस्त्र प्रहरीका वेस क्याम्प खडा गरिएको छ । मनोनयन दर्तासँगै अछाममा चुनावी गतिविधि ह्वात्तै बढेको छ भने दलहरु आ–आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् ।

The post अछामका ४७ वटा मतदान स्थल अति संवेदनशील appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2sKxkBN
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.