Loading...
Loading...
कञ्चनपुरमा प्रमुख पदमा दुईजना स्वतन्त्र र एक बागी उम्मेदवारी दर्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

कञ्चनपुर, असार ५ । कञ्चनपुरमा प्रमुख पदका लागि दुईजनाले स्वतन्त्र उम्मेरदवारी दर्ता गरेका छन् । यसरी प्रमुख पदको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा भीमदत्त नगरपालिकामा कृष्णानन्द भट्ट, बेदकोट नगरपालिकामा विष्णुराम दमाई रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट एकजना बागी उम्मेदवार भएका छन् । लालबहादुर सिंहले पाटीसँग असन्तुष्ट रहेको भन्दै बागी उम्मेदवारी दर्ता गरेका हुन् ।

दोस्रो चरणको स्थानीय चुनावका लागि कञ्चनपुरमा १० वटा दलले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, नेपाल कम्युनिष्ट पार्टी, माले, राष्ट्रिय जनमुक्ति पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिका र नेपाल दलित पार्टीले मनोनयन दर्ता गरेको मुख्य निवार्चन कार्यालयले जनाएको छ ।

९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा बाजागाजासहित निवार्चन अधिकृतको कार्यालयमा उल्लासमय रुपमा मनोनयन दर्ता भएको छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयनको समय तोकिएपनि दलहरुको ढिलाईका कारण मनोनयन दर्ताको प्रक्रिया अबेरसम्म लम्बिएको थियो ।

मनोनयन दर्ता प्रक्रियाका शान्तीपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निवार्चन अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिएका छन् । उनले ठूला तथा साना दल र स्वतन्त्र उम्मेदवार गरी ४ सय ४३ जनाको मनोनयन परेको बताएका छन् ।

The post कञ्चनपुरमा प्रमुख पदमा दुईजना स्वतन्त्र र एक बागी उम्मेदवारी दर्ता appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rNv2Nr
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.