भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बैतडी, असार ५ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १ हजार ७ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा ४ सय ४० पदका लागि हजार ७ सय ६ जनाले मनोनयन दर्ता गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
४ गाउँपालिकामा सञ्चारको सुविधा नभएका कारण प्रहरीको सञ्चारसेटबाटै उम्मेद्वारी दर्ताको सूचना प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाभरीका १० ओटा स्थानीय तहमध्ये प्रमुख पदका लागि ५६ जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिएका छन् ।
प्रमुख पदमा सबै पार्टी र स्वतन्त्र गरेर पुरुषको मात्रै उम्मेद्वारी परेको उनले बताए । यस्तै उपप्रमुख पदका लागि ४५ महिला र २ पुरुष गरी ४७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
जिल्लामा रहेका ८४ वडाका लागि वडा अध्यक्ष पदमा ६ जना महिला र ३५४ पुरुष गरी ३६० जनाको उम्मदवारी दर्ता भएको छ । दुई जना वडा सदस्यमा जिल्लाभरीका १० ओटा स्थानीय तहमा ६३४ जनाको उम्मदवारी दर्ता भएको छ ।
यस्तै ८४ वडा महिला सदस्यका लागि ३०४ जना र ८४ दलित महिला वडा सदस्यका लागि ३०५ जनाको उम्मदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा सबै पदका लागि २२३ जनाले उम्मदवारी दर्ता गराएका छन् भने पाटन नगरपालिकामा २०९ जनाले उम्मदवारी दर्ता गराएका छन् ।
मेलौली नगरपालिकामा १८१, पुरचौडी नगरपालिकामा १७८, डिलाशैनी गाउँपालिकामा १५७, पञ्चेश्वर गाउँपालिकामा ११४, शिवनाथ गाउँपालिकामा १२० जनाको उम्मदवारी दर्ता भएको छ ।
सिगास गाउँपालिकामा १५० जना, सुर्नया गाउँपालिकामा १७५ जना र दोगडाकेदार गाउँपालिकामा १६९ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
The post बैतडीमा १ हजार ७०६ जनाको उम्मेदवारी दर्ता appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tETm5p
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

