Loading...
Loading...
अछामका तीन तहमा कांग्रेस र माओवादीबीच तालमेल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

अछाम, असार ५ । स्थानीय तहको निर्वाचनमा अछामका तीन वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र बीच चुनावी तालमेल भएको छ ।

जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउपालिका र मेल्लेख गाउपालिकामा दुई पाटीले तालमेल गरेर चुनाब लड्ने निर्णय गरेका हुन ।

तीन मध्ये दुई तहमा नेपाली कांग्रेस र एक तहमा माओवादी केन्द्रले प्रमुख पद लिएका छन् । कांग्रेसले मंगलसेन र बान्निगढी जयगढ तथा माओवादी केन्द्रले मेल्लेखमा प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसले प्रमुख पद लिएको ठाउमा माओवादी केन्द्रको उपप्रमुख तथा माओवादी केन्द्रले प्रमुख पद पाएको ठाउमा नेपाली कांग्रेसले उपप्रमुख पदमा मनोनयन दर्ता गरेको सम्बन्धित तहका निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

मंगलसेनमा प्रमुख पदमा नेपाली कांग्रेसका उपसभापति समेत रहेका चन्द्रप्रसाद ढुंगाना तथा उपप्रमुख पदमा माओवादी केन्द्रका लोक बहादुर बोगटी, बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका राजेन्द्र खडका र उपाध्यक्षमा माओवादी केन्द्रका लोकबहादुर साउँद तथा मेल्लेख गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादीका लोकबहादुर बोहोरा तथा उपाध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर शाहले उम्मेदवारी दर्ता गराएका छन् । मंगलसेन र जयगढमा वडा तहमा तालमेल नभए पनि मेल्लेखमा वडास्तरमा पनि तालमेल भएको छ ।

The post अछामका तीन तहमा कांग्रेस र माओवादीबीच तालमेल appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rvzWzj
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.