भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बैतडी, असार ५ । बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुवाछोरा र सहोदर दाजुभाईले उम्मेद्वारी दर्ता गराएका छन् ।
डिलाशैनी गाउँपालिकामा कर्ण बहादुर रानाले नेपाली कांग्रेसबाट र लोकेन्द्रबहादुर राना( शितलले) नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो । नाताले कर्ण दाजु र लोकेन्द्र भाई पर्छन् ।
नाताले दाजुभाई परेपनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेद्वारी दर्ता गराएको कर्ण बहादुर रानाले बताउनुभयो । दुवै भाईले एकैपदका लागि उम्मेद्वारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्नका लागि समस्या भएको छ ।
यस्तै पुरचौडी नगरपालिका वडा नं ७मा वडा अध्यक्ष पदका लागि बुवाछोराले अलगअलग पार्टीबाट उम्मेद्वारी दर्ता गराएका छन् । नागी साउँद(बुवा) एमालेबाट र उज्ज्वल साउँद (छोरा)ले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेद्वारी दर्ता गराएका हुन् । आफूहरुको अलग अलग राजनीतिक विचार भएकाले आ आफ्नै पार्टीबाट उम्मेद्वारी दर्ता गराएको नागी साउँदले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनुभएका उज्ज्वल साउँदले उम्मेद्वारी दर्ताका बिषयमा बुवासंग कुनै छलफल नभएको बताउनुभयो । बुवाछोरा अलग अलग पार्टीबाट एकै पदका लागि चुनावी मैदानमा लड्ने भएपछि परिवारका अन्य सदस्यहरुलाई भने भोट हाल्नका लागि समस्या भएको छ ।
The post बैतडीमा एकै पदका लागि बुवाछोरा र सहोदर दाजुभाईले उम्मेदवारी दर्ता appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2sORPx1
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

