भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बैतडी, असार ५ । बैतडीको डिलासैनी गाउँपालिकाको वडा नम्बर ७ मा वडा सदस्यका उम्मेदवार ७० बर्षिय वृद्धको निधन भएको छ ।
आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्यमा उम्मेदवारी दिएका ७० बर्षिय बृद्ध गोविन्दसिंह कार्कीको निधन भएको हो ।
उनले निर्वाचन अधिकृतको कार्यालय डिलाशैनीमा आइतबार दिउँसो ३ बजेर २० मिनेटमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत मोतीलाल शर्माले बताएका छन् । उम्मेदवारी दर्ता गरेर हिजोसाँझ खाना खाएर सुतेका उनी विहान मृत अवस्थामा भेटिएका हुन् ।
दमका विरामी कार्कीको हृदयघातका कारण मृत्यु भएको उनको पारिवारजनले बताएको प्रहरीले जनाएको छ । प्रहरीले पोष्टमार्टमका लागि शव लिन खोज्दा परिवारका सदस्यले काल गतिकै कारण मृत्यु भएको भन्दै शवको पोष्टमाटम गर्न नदिएको जिल्ला प्रहरी कार्याल बैतडीले जनाएको छ । उनको आजै दाहासंस्कार गरिएको छ ।
The post बैतडीमा वडा सदस्यका उम्मेदवारको मृत्यु appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rvXTGM
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

