भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

डडेल्धुरा, असार ५ । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउने उद्देश्यले एकै स्थानमा जुध्ँने गरेर जुलुस आमसभा नगर्नेमा डडेल्धुरका राजनीति दलहरु प्रतिवद्धले प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आह्वानमा सोमबार प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनीलहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई लक्षित गरेर कुनैपनि अप्रिय घटना नहोस भन्दै विशेष सर्तकताका साथ जिल्लास्थित राजनीतिक दलहरुको उपस्थितिमा विभिन्न ३ वटा निर्णय गरेको छ ।
बैठकले आमसभा, ¥याली, जुलुस लगायतका गतिविधिहरुको आयोजना गरिए प्रशासन तथा सुरक्षा निकायमा ४८ घण्टा अगावै खबर गर्ने निर्णय गरेका छन् ।
यस्तै जिल्लास्थित सञ्चालित यातायातका साधनहरुमा पार्टीका झण्डाहरु लगाइएको प्रति सचेत गराउदै यस्ता कार्यहरुमा रोक लगाउन सम्बन्धित यातायात व्यवसायी समितिहरुलाई निर्देशनका साथ अनुरोध गर्ने निर्णय समेत गरेको निमित्त प्रमुख जिल्ला अधिकारी करुणकर अवस्थीले बताएका छन् ।
साथै दलहरुले सवारी साधनहरुको प्रयोगका लागि निर्वाचन अधिकृत बाट सिफारिस बनाएर प्रमूख जिल्ला अधिकारीबाट पास लिनुपर्ने निर्णय गरेका छन् । आसन्न निर्वाचन लक्षित गरेर कुनैपनि अप्रिय घटना नहोस भनेर जिल्ला प्रशासन र सुरक्षा निकायले विशेष सर्तकता अपनाएको बताइएको छ ।
कार्यक्रम मार्फत आम कार्यकर्तालाई चुनाव सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्र बाट सहयोग गर्ने सहभागी सरोकारवालाहरुले प्रतिबद्धता समेत जनाएका छन । चुनाव सफल पार्न सबै जिल्लाबासीलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गरिएको छ ।
The post एकै स्थानमा जुध्ँने गरेर जुलुस आमसभा नगर्नेमा राजनीति दलहरु प्रतिवद्ध appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tk3jWG
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

