Loading...
Loading...
सुरक्षाको विषयलाई लिएर चुनावको पूर्वसन्ध्यामा बोल्यो मानवअधिकार आयोग
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

विराटनगर, १३  असार । आसन्न दोस्रो चरणको निर्वाचनमा सुरक्षाको राम्रो प्रबन्ध भएकाले मतदाताले भयरहीत वातावरणमा मतदान गर्ने राष्ट्रिय मानव अधिकार आयोगले आज यहाँ जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकको नेतृत्वमा यहाँ आएको टोलीले १ नं प्रदेशका विभिन्न जिल्लामा गरेको स्थलगत अनुगमन एवम् सुरक्षा निकायसँगको छलफलपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा सो धारणा व्यक्त गर्नु भएको हो ।

टोलीले १ नं प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको अनुगमन गरेको थियो । आयोगले मतदान प्रक्रिया र मतगणना कार्यलाई पारदर्शी बनाउन सरकार र निर्वाचन अयोगको ध्यानाकर्षण समेत गराएको छ ।

टोलीले मौन समयमा आचारसंहिताको पूर्ण पालना गराउन र मानवअधिकार हननका घटना रोक्न निर्वाचन आयोग सजग एवम् चनाखो हुनुपर्नेमा जोड दिएको छ । यस्तै, अपाङ्ग, ज्येष्ठ नागरिक र अशक्त मतदातालाई मतदानस्थलसम्म सहज पहुँचको व्यवस्था गर्न समेत टोलीले आयोगलाई आग्रह गरेको छ ।

सञ्चारकर्मी एवम् निर्वाचन पर्यवेक्षकले आचारसंहिताको ख्याल गरेर समाचार सङ्कलन र अनुगमन गर्नुपर्ने टोलीको सुझाव छ । अनुगमनका क्रममा सबै जिल्लामा सुरक्षा व्यवस्था भरपर्दो भएको, शान्तिपुर्णरुपले दलहरुले चुनाव प्रचारप्रसारमा सहभागी भएको पाइएको टोलीद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।

केही जिल्लामा दल एवम् उम्मेदवारले चुनाव प्रसारका क्रममा केही स्थानमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको टोलीले जनाएको छ । यस्तै, आगामी दिनमा मतदातालाई निर्वाचन शिक्षा पर्याप्तरुपमा गर्न समेत टोलीले निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

The post सुरक्षाको विषयलाई लिएर चुनावको पूर्वसन्ध्यामा बोल्यो मानवअधिकार आयोग appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tgbPJA via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.