भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ वैशाख, एजेन्सी ।
नेपालका अर्बपति व्यापारी विनोद चौधरिका छोराको विवाहमा बलिउड स्टार देखि फोर्ब्स पत्रिकाका सिइओसम्म सहभागी भएका छन्। विनोद चौधरिका कान्छा छोरा वरुण चौधरिको विहे समारोहमा शुक्रबार राजस्थानस्थित उदैपुरको जगमन्दिरमा बलिउड कलाकार सलमान खान पुगेका छन्।
वरुणको विवाह सुन व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्रीसंग भएको छ । सलमान कालो कोट प्यान्टमा सजिएर विवाहमा सहभागी भएका थिए । खवरका अनुसार विवाह समारोहमा सहभागी भएर सलमान केही बेरमै फर्केका थिए।
समारोहमा बलिउड अभिनेता शत्रुधन सिन्हा, गायिका लता मंगेश्वर र अभिनेता रजनिकान्तकी पत्निको समेत उपस्थिति रहेको थियो । साथै उक्त समारोहमा बंगलादेशका पूर्व राष्ट्रपति हुसेन मोहम्मद इश्राद, फिलिपिन्सका राजनितिज्ञ फर्डिनान्द म्यार्कोज, फोर्ब्स पत्रिकाका सिइओ माइकल एस पेर्लिस तथा भारतीय राजनितिज्ञ कमल नाथ र दिगविजय सिंह लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।
भारतमै आयोजित विवाह कार्यक्रम भारतिय संचार माध्यमहरुले यो वर्षकै सबैभन्दा भव्य विवाह भएको जनाएको छ ।
The post अर्बपति विनोद चौधरीका छोराको विवाहमा सलमान देखि फोर्ब्सका सिइओसम्म उपस्थित appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2piyHVG
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

