Loading...
Loading...
राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका १४ सहरमा चुनावी सभा गर्ने, चुनावी ईन्चार्जहरु तोकिए
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं,१८ चैत्र  । राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका १४ सहरमा चुनावी सभा गर्ने भएको छ । साथै चुनावी ईन्चार्जहरु तोकिएका छन् । राप्रपाको बिहीबार बसेको बैठकले स्थानीय चुनावलाई लक्षित गरेर वैशाख १० भित्र १४ सभा गर्ने निर्णय गरेको हो ।
जसअनुसार मेचीको दमक, कोशीको इटहरी, सगरमाथाको लाहान, जनकपुरको बर्दिबास, नारायणीको भरतपुर, बाग्मतीको धादिङ, गण्डकीको स्याङ्जा, लुम्बिनीको भैरहवा, राप्तीको दाङ, भेरीको नेपालगञ्ज, सेतीको धनगढी र महाकालीको बैलौरीमा सभा गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आमसभालार्इ पार्टी अध्यक्ष कमल थापाका साथै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र वरिष्ठ नेता पशुपति शम्शेर जवराले सम्बोधन गर्ने कार्यक्रममा छ ।

बैठकमा स्थानीय चुनावका लागि अञ्चलगत रुपमा इन्चार्ज ९कमाण्डर०हरु समेत तेकेको छ । मेची इन्चार्जमा महामन्त्री राजेन्द्र लिङ्गदेन, कोसीमा महामन्त्री सुनिलबहादुर थापा, सगरमाथामा उपाध्यक्ष रामचन्द्र राय र केन्द्रीय सदस्य राजेन्द्र गुरुङ्ग, जनकपुरमा आङछिरिङ्ग शेर्पा र नारायणी इन्चार्जमा उपाध्यक्ष राजिव पराजुली छन् ।

यस्तै बागमती इन्चार्जमा उपाध्यक्ष बुद्विमान तामाङ, गण्डकी इन्चार्जमा सहमहामन्त्री हेमजङ्ग गुरुङ्ग, धौलागिरी इन्चार्जमा भीम प्रसाद गौचन, लुम्बनीमा महामन्त्री धुव्रबहादुर प्रधान, राप्तीमा सहायक महामन्त्री मनोज प्रधान, भेरीमा प्रेमबहादुर भण्डारी, कणरलीमा धनबहादुर बुढा, सेतीमा सहमहामन्त्री चन्द्र बहादुर गुरुङ्ग र महाकाली इन्चार्जमा महामन्त्री जयन्त चन्द तोकिएका छन् ।

The post राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका १४ सहरमा चुनावी सभा गर्ने, चुनावी ईन्चार्जहरु तोकिए appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ogLBEi via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.