भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सको नयाँ विमान त्रिभुवन विमानस्थलमा आइपुगेको छ। जर्मनीमा बनेको ३२०–२१४ सिरिजको उक्त विमान हिमालयका पाइलट क्याप्टेन ओल्ट्राले उडाएर ल्याएको हिमालयका भाइस प्रेुसडेन्ट बिजय श्रेष्ठले जानकारी दिए।
फ्रेन्च नागरिक क्याप्टेन ओल्ट्राले जर्मनीको ह्याम्बर्ग अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका हुन्। उनका साथमा नेपाली पाइलट पनि थिए।
ुढल्(ब्ीख्ु नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ विमानमा १५८ सिट छ। तिव्वत एयरलाइन्सको पनि संयूक्त लगानी रहेको हिमालयले संचालनको दोस्रो वर्षमा नै अर्को विमान थप गरेको हो। सन् २०१७ भित्र दुईवटा विमान थप गर्ने योजना रहेको श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
यसअघि एयरबसको यही सिरिजको एउटा मात्र विमान थियो। हिमालयले नयाँ विमानबाट मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा उडान भर्ने जनाएको छ।
माघ २८ देखि क्वालालम्पुर र फागुन १३ गतेदेखि याङगुनमा उडान सुरु हुने कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले जानकारी दिए। एअरलाइन्सले हप्ताको पाँच दिन क्वालालम्पुर र दुई दिन याङगुनमा उडान सञ्चालन गर्ने छ।
एअरलाइन्सले काठमाडौ–क्वालालम्पुर–काठमाडौ ९राउण्ड ट्रिप०को लागि सुरुवाती टिकट दर २५ हजार ३ सय ७५ रुपैयाँ तोकेको श्रेष्ठले बताए। क्वालालम्पूर–काठमाडौ–क्वालालम्पुर ९राउण्ड ट्रिप०को लागि मलेसियन रिंगेट ९ सय २८ तोकिएको छ।
त्यसैगरी काठमाडौं–याङगुन–काठमाडौंको लागि २९ हजार ६ सय रुपैयाँ ९राउण्ड ट्रिप० र याङगुन–काठमाडौं–याङगुनको९राउण्ड ट्रिप० लागि ३ सय २० अमेरिकी डलर कायम गरिएको कम्पनीले जनाएको छ। दोहा र कोलोम्बो सँगै क्वालालम्पुर र याङगुन जोडिएपछि एअरलाइन्स्ले एसियाली क्षेत्रहरुमा आफ्नो सञ्जाललाई विस्तार गर्नेछ।
योसँगै हिमालयको अब चार अन्तर्राष्ट्रिय गन्तव्य हुनेछन्। हाल कतार र श्रीलंकाको कोलम्बोमा मात्र उडान भरिरहेको हिमालयले आगामी दिनमा भारतको नयाँ दिल्ली, चीनका विभिन्न सहरहरुमा उडान भर्ने योजना बनाएको छ।
स्वदेशी क्यारियरको बृद्धि भएमा देशको पर्यटनमा पनि सकारात्मक प्रभाव पर्ने अधिकारीहरुले बताएका छन्। आफूहरुले विदेशीको भन्दा सस्तोमा उडान भर्ने भएकोले जति सस्तो यात्रा त्यति पर्यटक बढ्ने एयरलाइन्सका अधिकारीहरुको भनाइ छ।
हाल तीनवटा विमानमार्फत उडान भरिरहेको नेपाल एयरलाइन्स र अब हिमालयसँग दुइवटा विमान भएसँगै यो संख्या पाँच पुगेको छ।
२०७४ सालभित्र २ वाइड बडी भित्र्याउने तयारी नेपाल एयरलाइन्सको छ भने हिमालयले पनि थप २ विमान ल्याउने योजना बनाएको छ। योसँगै आगामी एकवर्षभित्र ९ पुग्ने अनुमान गरिएको छ।
The post हिमालयले संचालनको दोस्रो वर्षमा नै अर्को विमान थप गर्यो appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kL1qhs via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

