Loading...
Loading...
थ्रेसहोल्ड पुँजीपति बर्गको एजेन्डा : अध्यक्ष ढकाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संबिधान सभाबाट दुइ तिहाई वाट अस्वीकृत भैसकेको थ्रेसहोल्डको एजेन्डा पुन ब्यूझाउने कार्यले पुजीपति बर्गको पक्षपोषण गरेको बताउनु भयको छ । द युनिभर्सल टाइम्सको लागि बिष्णु निश्चल संग कुरा गर्दै पूर्व मन्त्रि समेत रहेका ढकालले आफ्नो पार्टी थ्रेसहोल्ड वाट नडराउने तर संबिधान र समाबेशी लोकतन्त्रको मर्म बिपरित काम गर्न खोजेकेले बिरोध गर्नु परेको बताउनु भयो । अध्यक्ष ढकालले साना राजनैतिक दलहरुबाट अत्याधिक  मात्रामा महिला, मधेशी, जनजाति, दलित, मुस्लिम , अल्पसंख्यक, कर्णाली लगायत  वर्ग तथा क्षेत्रको प्रतिनिधित्व भयको र थ्रेसहोल्ड राखेर नेपाली समाजका यी उत्पीडित वर्ग र क्षेत्रको प्रतिनिधित्व घटाउने तथा आबाज मन्द बनाउने षड्यन्त्र भयकोले परिबर्तनलाई उल्टो दिशा फर्काउने सोंचबाट आयको यो प्रस्ताब स्वीकारयोग्य नभयको पनि उल्लेख गर्नु भयो । समानुपातिक निर्बाचन प्रणालीमा स्वत थ्रेसहोल्ड हुने भन्दै अबको निर्बाचनवाट कुनै पनि पार्टीले आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न थ्रेसहोल्ड बिना पनि करिब एक लाखको हाराहारीमा मत ल्याउन पर्ने र हाल संसदमा एक लाख मत कटाउने पार्टी १० वटा मात्र भयको भन्दै थ्रेसहोल्डले घुमाउरो पाराले नया विचार र नया राजनैतिक दलहरुलाई प्रतिबन्ध लगाउन खोजेको दाबि गर्नु भयो । अध्यक्ष ढकालले अहिलेको आबस्यकता भनेको राष्ट्रिय सहमति गरेर संविधानको कार्योनोयन तथा निर्बाचन गर्नु भयकोले यस्ता नयाँ बखेटा झिकेर निर्बाचनको बाताबरण बिगार्न खोजेकोमा चिन्ता ब्यक्त गर्नु भयो । ढकालले रुपान्तरित ब्यबस्थापिका संसदको काम नया संबिधान अनुसार निर्बाचन गर्न अनिबार्य आबस्यक पर्ने कानुन निर्माण गर्ने भयकोले अनाबस्यक झमेलामा नफस्न प्रमुख राजनैतिक दलहरुलाई आग्रह समेत गर्नु भयो ।

The post थ्रेसहोल्ड पुँजीपति बर्गको एजेन्डा : अध्यक्ष ढकाल appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jTXOeE via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.