Loading...
Loading...
अदालतमा सलमानलाई ६५ प्रश्न, ५५ वटा उत्तर एउटै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ माघ, एजेन्सी ।

१८ बर्ष पुरानो मुद्दाको सुनुवाईका लागि शुक्रबार सलमान खान, सैफ अली खान, नीलम कोठारी सोनाली बेन्द्रे र तब्बु जोधपुर अदालत पुगे । सन् १९९८मा ‘हम साथ साथ है’को शुटिङका क्रममा भएको शिकार मुद्दामा अपराधी बयानको सनुवाईका लागि उनीहरु अदालत पुगेका हुन् ।

अदालतमा सलमान खानलाई २८ मिनेटमा ६५ प्रश्न गरिएको थियो । ६५ प्रश्न सुनेपछि उनको जवाफ थियो, ‘हामी त्यहाँ ‘हम साथ साथ है’ फिल्मको शुटिङ गर्न गएका थियौँ । सुरक्षाका कारण बाहिर निस्कन असम्भव थियो । यस्तो अवस्थमा शिकारको प्रश्न नै उठदैन । गाउँलेले भने पछि समाचार पत्रमा छापियो, त्यसपछि झूटो प्रचार पाउनका लागि जंगल व्यवस्थापन निकायले म विरुद्ध मुद्दा दायर गर्यो । मसँग हतियार पनि थिएन । मेरा हतियारलाई पछि मात्रै प्रहरीले मुम्बाईबाट झिकाएका थिए । कालो हरिणको पोष्टमार्टम रिपोर्ट साँचो थियो, जसमा हरिणको प्राकृतिक मृत्यु भएको पुष्टि भएको थियो ।’

यो पढ्नुस्: श्रृष्टी र सौगात प्रेममा चुर्लुम्म !

अदालतले कांकाणीमा सुटिङमा जानुभएको थियो ? भन्ने प्रश्नमा सलमानले ‘हो’ जवाफ दिए । त्यस लगत्तै अदालको अर्को प्रश्न, ‘हरिणलाई सुट गर्नुभयो ?’ भन्ने प्रश्नमा सलमानले ‘होइन’ बोले, उनले भने ‘मेरो मतलब फिल्म सुटिङ थियो, म फिल्म सुटिङका लागि गएको थिए ।’

सलमानलाई सोधिएको धेरैजसो प्रश्न जंगल अधिकारीको जाँचको आसपास थियो । ५५ वटा प्रश्नको जवाफ ‘गलत’ भनी जवाफ दिए, भने बाँकी प्रश्नमा ‘थाहा भएन’ भनी जवाफ दिए । यसरी उनले आफू निर्दोष रहेको प्रमाणित गर्ने प्रयास गरीरहेका थिए ।

सलमान खानविरुद्ध जोधपुर अदालतमा हरिण शिकारसँग जोडिएका चार मुद्दा दर्ता भएका थिए । तीन मुद्दामा उनलाई सफाई दिइसकिएको छ । चौथो मुद्दा कालो हरिण शिकार सम्बन्धमा शुक्रबार सुनुवाई भएको हो ।

The post अदालतमा सलमानलाई ६५ प्रश्न, ५५ वटा उत्तर एउटै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jfQJGv
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.