भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एजेन्सी । बलिउड कलाकार सलमान खान, सैफ अली खान, नीलम, तब्बु तथा सोनाली बेन्द्रे शुक्रबार जोधपुर अदातल पुगे । कालो हरिण शिकार मुद्दामा सलमान र उनका साथीहरुलाई अपराधी बयान सुनाइयो । सलमानलाई ६५ प्रश्न सोधिएको बताइएको छ । खबरअनुसार, सुनाई अवधिमा सलमानले भने, ‘मलाई पब्लिसिटीका लागि फसाइयो’ । आरोप सुनेपछि सलमान भने अदातलबाट बाहिरिए ।
१९९८ १ अक्टोबर राती जोधपुरमा फिल्म ‘हम साथ साथ है’को सुटिङ अवधिमा यो घटना भएको थियो । सलमानले जोधपुरको कांकाणीमा दुई कालो हरिणको शिकार गरेको आरोप छ । यस अवधिमा उनका सहकर्मी साथीहरु सैफ, सोनाली, नीलम र तब्बु पनि संलग्न रहेका थिए । यी व्यक्तिहरुले सलमानलाई शिकारका लागि उक्साएको थिए । यही मुद्दामा आज आरोप तयार हुनेछ ।
१८ बर्षदेखि चलिरहेको सुनुवाईपछि अदालतको तर्फबाट यी पाँचमाथि तयार गरिएको आरोप पालै–पालो सुनाइने छ । यदि यी कलकारले पाँचले आरोप नकारेको अवस्थामा अदालतले आफ्नो बचाउका लागि प्रमाण पेश गर्न सोध्ने छ । सबै आरोपीले आफ्नो प्रमाण पेश गर्न समय माग्नेछन् । त्यसपछि प्रमाण तथा बयानपछि अदालतले फैसला सुनाउँनेछ ।
सन् १९९८ मा हरिण शिकारको आरोपमा सलमानमाथि ४ मुद्दा दर्ता भएका थिए । सलमान खानलाई यसअघि १८ जनवरीका दिन हात–हतियार मुद्दामा सफाई मिलेको थियो । यस्तै, हरिण शिकार मुद्दामा सलमानबाहेक सैफअली, नीलम, तब्बु तथा सोनाली बेन्द्रे पनि आरोपी छन् ।
The post सलमान, सैफसहित पाँच कलाकार अपराधी बयान सुन्न अदालत पुगे appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jlyScg
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

